१३ आश्विन २०८१, आइतबार | September 30, 2024

सिधा कुराका प्रकाशक र सम्पादकसहित ३ जनाविरुद्ध साइबर अपराधको मुद्दा दायर



काठमाडौं । सिधा कुरा अनलाइनका प्रकाशकसहित ३ जनाविरुद्ध साइबर अपराधको मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध गराउने भनिएका राजकुमार तिमल्सिनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दायर गरेको हो ।

उनीहरु तीनै जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो  । सिधा कुराले गत महिना अनलाइन र युट्यूब च्यानलको ‘द डार्क फाइल’ भन्दै एउटा भिडियो सार्वजनिक गरेको थियो ।

सिधा कुरा डटकमले स्टिङ अप्रेसनका मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा डिल भएको भन्दै समाचार प्रकाशित गरेको थियो। त्यसमा डिल भएको भनिएको बैठकको अडियो भन्दै सामग्री राखिएको थियो ।

सिधाकुराले सो भिडियोमा कान्तिपुरका मालिका कैलाश सिरोहिया, अन्नपूर्ण पोष्टका मालिक क्याप्टेन रामेश्वर थापासहितको नाम जोडेर भिडियो सामाग्री तयार गरेको थियो । सोको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेकामा सर्वोच्चले तत्काल भिडियो हटाउन आदेश दिएको छ भने यसको फैसला वृतत्तपूर्ण इजलासले गर्ने आदेश दिएको छ । हाल यो विषयको मुद्धा सर्वोच्चमा विचाराधीन छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ४ : २१ बजे

राजमार्गको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न महासङ्घको आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले राजमार्गको अवस्था हेरेर

झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो

धादिङ । काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेँसी नगरपालिका–९

ओमानविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत ओमानविरुद्ध पहिला ब्याटिंग

प्रधानमन्त्री ओली स्वदेश फर्किदै, अमेरिकाबाट कतार प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा