२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

बुटवलको न्यू होराइजन स्कूलका प्रवेश खनालले ल्याए जीपीए ४



बुटवल । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था न्यू होराइजन इङलिस् बोर्डिङ स्कूलका प्रवेश खनालले जीपीए ४ ल्याएका छन् ।

न्यू होराइजनबाट ३३९ जनाले एसईई दिएकोमा यो खबर तयार पार्दासम्म प्रवेश खनालको मात्रै जीपीए ४ नतिजा देखिएको विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले जानकारी दिए ।

देशभर १८६ जनाले ४ जीपीए ल्याएका छन् । गत वर्षको तुलनामा यस वर्ष एसईईको नतिजा दोब्बर राम्रो सुधार आई ९८ प्रतिशत ग्रेडसहित विद्यार्थी उत्तिण भएको प्राचार्य उपाध्यायले बताए ।

पाल्पाको रैनादेवी छहरा गाउंपालिका ४ दागिल स्थायी घर भएका प्रवेश बुटवलमा रहेर कक्षा २ देखि इङलिस् बोर्डिङ स्कूलमा पढदै आएका छन । प्रवेशका बुबा नारायणबहादुर खनाल र आमा भगवती थापा खनाल सरकारी जागिरे हुन् ।

न्यू होराइजन इङलिस् बोर्डिङ स्कूल २०४६ सालमा स्थापित भई शिक्षा क्षेत्रमा राष्ट्रमै विशिष्ट पहिचान बनाउन सफल भएको अग्रणी शैक्षिक संस्था हो ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ३ : २८ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको