२३ भदौ २०८१, आइतबार | September 8, 2024

एसइईको नतिजा आज सार्वजनिक हुँदै



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ  ।

यस अघि बुधबार नतिजा सार्बजनिक गर्ने तयारी गरेको भएपनि प्राविधिक काम नसकिएकाले नतिजा आज सार्बजनिक गर्ने भएको हो । नतिजा प्रकाशनका लागि विहिबार बिहान बोर्ड बैठक बोलाइएको छ ।

कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताएका छन् । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने भएको छ ।

गत चैत १५ गतेदेखि २७ गतेसम्म भएको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ७ : ०६ बजे

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

म्याग्दी । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा ।

ठेकेदारको लापर्बाहीले बृहत् हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अधुरै

खोटाङ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका चार हजार

इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको

कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गए

झाडा लागेर बाँकेको जानकी गाउँपालिकामा एक जनाको मृत्यु

बाँके । जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ