१५ असार २०८१, शनिबार | June 29, 2024

बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो



विराटनगर । बाढी पसेपछि बन्द भएको विराटनगर विमानस्थल खुलेको छ ।

वर्षा रोकिएको र बाढीको पानी सुकेसँगै विमानस्थलको उडान अवतरण सुरु गरिएको विराटनगर विमानस्थल कार्यालयले जनाएको छ ।

बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलको १ नं गेटबाट  बाढी पसेपछि बुधबार बिहानैदेखि विमानस्थल बन्द गरिएको थियो । बस्तीबाट ओभरफ्लो भएर पसेको बाढीले विमानस्थल जाने बाटो अवरुद्ध बनेको थियो । विमानस्थलको  पार्किङ क्षेत्रमा र  हेलिप्याडमा समेत बाढीको पानी पसेर डुबानमा परेको थियो ।

तर, विमानस्थलको धावनमार्गमा बाढी नपसेको हुनाले वर्षा र बाढीको प्रभाव कम हुनासाथ विमानस्थलबाट उडान र अवतरण सुरू गरिएको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ८ : ११ बजे

‘अनाथ बालबालिकालाई शिक्षित बनाउनु राष्ट्रका लागि महत्वपूर्ण योगदान’

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनाथ बालबालिकाको संरक्षण

एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन भोलिदेखि

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको

वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारधारात्मक प्रश्नहरूमा समान दृष्टिकोण

वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइनबाट

काठमाडौं । आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण

पहिरोपीडितलाई आर्थिक सहयोग

स्याङ्जा । पहिरोले घर पुरिँदा ज्यान गुमाएका परिवारका सदस्यलाई जिल्ला