१३ आश्विन २०८१, आइतबार | September 29, 2024

आजको मौसम : लुम्बिनीबाहेक ६ प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । देशका विभिन्न भू-भागमा आज वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

वाग्मती, कोसी, गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित बिहानैदेखि हल्कादेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ । बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राती कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहने जनाएको छ । बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहनेछ ।

कोसी, मधेस र वाग्मती प्रदेशका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्क रहन विभागको आग्रह छ । भारी वर्षाले दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ६ : ०६ बजे

टी-२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

काठमाडौं । टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

मुस्ताङमा बाढीबाट क्षति

म्याग्दी । दुई दिनदेखिको लगातारको झरीका कारण मुस्ताङमा क्षति पुगेको

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको

आज दिउँसो सर्वदलीय बैठक बस्ने

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका