२ पुस २०८२, बुधबार | December 17, 2025

अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर



काठमाडौँ । अमेरिकाको फ्लोरिडा राज्यमा एक परिवारले अन्तरिक्ष एजेन्सी नासा विरुद्ध ८० हजार डलर क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेको छ । मार्च ८, २०२१ मा, ७०० ग्राम तौलको टुक्रा अन्तरिक्षबाट उनको घरमा कसेको थियो र सो टुक्राका कारण उनको घरको छतमा प्वाल परेको थियो ।

यस घटना पछि, नासाले यो टुक्रा प्रयोग गरिएको ब्याट्रीको कार्गो प्यालेटको भाग भएको र यो २०२१ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट फोहोरको रूपमा छोडिएको बताएको छ । नासाले यो टुक्रा वायुमण्डलमा प्रवेश गरेपछि पनि पूर्ण रूपमा नष्ट हुन नसकेको बताएको छ ।

द गार्डियनको रिपोर्टका अनुसार कानून फर्म क्र्यानफिलले समनर परिवारको मुद्दा लडिरहेको छ । फर्मले आफ्नो ग्राहक एलेजान्ड्रो ओटेरोको नेपल्स, फ्लोरिडामा घर रहेको बताएको छ । भग्नावशेष खसेकाले छतमा प्वाल परेको थियो ।

फोहोरको टुक्रा घरमा खसेको बेला ओटेरोका छोरा डेनियल घरमै रहेको र उनलाई कुनै चोटपटक भने नलागेको बताइएको छ । तर ओटेरोका परिवारले भने जे पनि हुन सक्थ्यो भन्दै नासबात क्षतिपुर्ति माग गरेको छ ।

फर्मका वकिल मिकाह गुएन वर्थीले भने, ‘यो घटनाले मेरो ग्राहकको जीवनमा ठूलो प्रभाव पारेको छ ।’ उनले यस घटनामा परेका पीडाका लागि उचित क्षतिपूर्तिको माग गरेका छन् । घटनामा कसैलाई पनि शारीरिक चोट नपुगेको भन्दै उनीहरु कृतज्ञ छन् तर यस्तो ‘नजिक’ अवस्था खतरनाक हुन सक्छ । कसैलाई गम्भीर चोट लाग्न सक्थ्यो वा मृत्यु हुन सक्थ्यो ।

अन्तरिक्षमा फोहोर निरन्तर बढ्दै गएकाले दुर्घटना पनि बढेको क्र्यानफिलले बताए । यस विषयमा नासाले कस्तो प्रतिक्रिया देखाउँछ भविष्यमा उदाहरण बन्न सक्छ । फर्मले नासासँग आफ्नो दावीको जवाफ दिन ६ महिनाको समय रहेको बताएको छ । रिपोर्टका अनुसार नासाले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

अन्तरिक्षमा हुने फोहोरलाई ‘स्पेस डेब्रिस’ वा ‘अर्बिटल डेब्रिस’ भनिन्छ । यी ती कृत्रिम सामग्री हुन् जुन अब उपयोगी छैनन् तर पृथ्वीको वरिपरि घुमिरहेका छन् । यो फोहोर मानिसले अन्तरिक्षमा पठाएको वस्तुबाट बनाइएको हो । यसमा रकेटका टुक्राहरू, उपग्रहका टुक्राहरू, अन्तरिक्ष यात्रीहरूले छोडेका वस्तुहरू लगायत छन् ।

विगत ६० वर्षमा विश्वभरका देशहरूको अन्तरिक्ष गतिविधि बढ्दै गएपछि अन्तरिक्षमा भग्नावशेष बढ्दै गएको छ । नासाको वेबसाइटका अनुसार हाल पृथ्वीको कक्षामा १० सेन्टिमिटरभन्दा ठूलो २९ हजारभन्दा बढी वस्तुहरू छन् ।

नासाको अनुमान अनुसार हरेक दिन कम्तिमा एक टुक्रा भग्नावशेष पृथ्वीमा पुग्छ । यो टुक्रा या त पृथ्वीमा कतै खस्छ वा वायुमण्डलमा पुग्ने बित्तिकै जल्छ । धेरै जसो अन्तरिक्षको फोहोर पानीमा खस्छ, किनकि पृथ्वीको सतहको ७१ प्रतिशत पानी रहेको छ ।

सन् १९७९ मा नासाको अन्तरिक्ष केन्द्र स्काइल्याब पृथ्वीमा खस्यो तर त्यो पनि समुन्द्रमा खस्यो । यो घटना लामो समयको लागि चर्चामा थियो । वास्तवमा यो भग्नावशेषको तौल ७५ टन थियो, यो जमिनको कुनै भागमा खसेको भए ठूलो विनाश हुन सक्ने थियो । स्काइल्याबलाई अमेरिकाले १४ मे १९७३ मा अन्तरिक्षमा पठाएको थियो । स्काइल्याबले करिब पाँच वर्षसम्म राम्रोसँग काम गरिरह्यो । तर अन्तरिक्षमा सौर्य आँधीका कारण यसको प्यानल जलेर बिस्तारै यसको इन्जिनले पनि काम गर्न छाड्यो । यसपछि यो अन्तरिक्षबाट पृथ्वीतर्फ सर्न थाल्यो । सुरुमा यो पृथ्वीमा कहाँ खस्ने हो थाहा थिएन ।

चिनियाँ अन्तरिक्ष स्टेशन तियाङगोङ अप्रिल २०१८ मा पृथ्वीसँग ठोक्किने अपेक्षा गरिएको थियो । यसको बारेमा धेरै चिन्ता उठाइयो, तर यो समुद्रमा खसेको थियो ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ९ : १५ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको