१५ असार २०८१, शनिबार | June 29, 2024

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु



झापा । झापाको मेचीनगर नगरपालिका-१५ मा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक युवकको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मेचीनगर-१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । मेचीनगर-१५ लालझोडास्थित भित्री सडक खण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १-०१-०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो ।

मोटरसाइलकमा तीन जना सवार थिए । दुर्घटनामा घाइते मेचीनगर-१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ९ : ४८ बजे

‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पत्रकार रिसाललाई

काठमाडौं । रु एक लाख पुरस्कार राशीको ‘रोटरी लाइफ टाइम

देउवा र ओलीबीच बालकोटमा अर्थपूर्ण भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका

बर्दियामा चितुवा नियन्त्रणमा लिइयो

बर्दिया । बर्दियाको गुलरिया नगपालिका–१ स्थित शङ्कर बस्तीमा घरपालुवा जनावर

टी-२० विश्वकपको फाइनल : भारतले टस जितेर पहिला ब्याटिंग गर्दै

काठमाडौं । भारतले टी-२० विश्वकपको फाइनलमा टस जितेर पहिला ब्याटिंग

‘अनाथ बालबालिकालाई शिक्षित बनाउनु राष्ट्रका लागि महत्वपूर्ण योगदान’

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनाथ बालबालिकाको संरक्षण