८ मंसिर २०८१, शनिबार | November 23, 2024

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको उपाधि सुबाशलाई



काठमाडौ । डिफेन्डिङ च्याम्पियन सुबाश तामाङले भुवन नगरकोटी र निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको उपाधि जितेका छन ।

आज ४-अन्डर ६८ को कार्ड तयार गर्दै सुबाशले समग्रमा १६-अन्डर २ सय ७२ को सानदार नतिजामा उपाधि आफ्नो नाममा लेखाए । प्रो बनेपछिको पहिलो उपाधि जितेका उनले नगद २ लाख ७५ हजार प्राप्त गरे।

समग्रमा १४-अन्डर २ सय ७४ को स्कोरमा निरज र भुवनले संयुक्तरुपमा दोस्रो स्थान बाँडे। निरजले ५(-अन्डर ६७ र भुवनले ३-अन्डर ६९ को स्कोर दर्ज गरे। उनीहरूले जनही १ लाख ४८ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे। दिनेश प्रजापतिले १-अन्डर ७१ सहित समग्रमा १२-अन्डर २ सय ७६ को स्कोरमा चौथो भए। उनले १ लाख २ हजार हात पारे।

समग्रमा ६-अन्डर २ सय ८२ को नतिजामा तोरण विक्रम शाही पाँचौ हुँदै ८८ हजार प्राप्त गरे। उनले आज इभन(पार ७२ मा खेल सकाए। २-अन्डर २ सय ८६ को स्कोरमा छैटौं भएका सञ्जय लामाले अन्तिम दिनको खेल २-अन्डर ७० मा सकाए। उनले ८० हजार नगद पुरस्कार हात पारे।

समग्रमा इभन-पार २ सय ८८ सहित टंक बहादुर कार्की र जयराम श्रेष्ठ सातौं भए। टंकले ३-अन्डर ६९ र जयरामले ४-ओभर ७६ मा खेल सकाए। उनीहरूले जनही ७१ हजार ५ सय नगद हात पारे।

समग्रमा १-ओभर २ सय ८९ को स्कोरमा रवि खड्का नवौं र ६-ओभर २ सय ९४ सहित रामे मगर दशौं भए। रविले आज ३-अन्डर ६९ र रामेले २-ओभर ७४ मा खेल सकाए। रविले ६४ हजार र रामेले ५९ हजार नगद हात पारे।

एमेच्योरतर्फ ८-अन्डर २ सय ८० को स्कोरमा बिजय श्रेष्ठ आइन्हाउसलाई दुई स्ट्रोकले हराउँदै सदभाव आचार्यले उपाधि जिते। उनले आज १-ओभर ७३ को स्कोर निकाले। आज १-अन्डर ७१ खेल्दै विजय सहित समग्रमा ६-अन्डर २ सय ८२ सहित दोस्रो भए। समग्रमा २-अन्डर २ सय ८६ को स्कोरमा तेन्जिङ पाल्देन तेस्रो भए।  उनले‌ आज २-अन्डर ७० खेले।

अन्तिम दिनको सुरूवात गर्दा सुबाश र भुवनबीच कडा प्रतिस्पर्धा चल्यो। दोस्रो होलको बोगी विरूद्ध पहिलो र तेस्रो होलको बर्डीले सुबाशले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। भुवनले दोस्रो र आठौं होलमा एक-एक सट खेर फाले भने तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। फ्रन्ट नाइनको खेल सकिंदा सुबाश र भुवन कुल १३-अन्डरको स्कोरमा बराबरीमा थिए।

यसपछि दशौं होलमा भुवनले उत्कृष्ट चिप पटमा बर्डी प्रहार गरे र एक स्ट्रोकको अग्रता बनाए। ११औं होलमा सुबाशको टी सट पानीमा खस्यो। यो होलमा सुबाशले बोगी खेपे। भुवनले भने बर्डी प्रहार गर्दै २ स्ट्रोकको अग्रता बनाए। तर यो अग्रता सुबाशले १२औं होलमा एक स्ट्रोकमा झारे। सुबाशले उत्कृष्ट चिप गर्दै इगलको सफलता प्राप्त गरे। भुवनले भने बर्डी प्रहार गरे। यसपछिका ४ होलमा दुबैले बराबरी खेले।

एक स्ट्रोकले अगाडि रहेका भुवनको लागि १७औं होल हारको कारण बन्यो। उनको अप्रोच सट रूखमुनि पुग्यो र डबल बोगी खेपे। सुबाशले पार बचाउँदै एक स्ट्रोकको अग्रता बनाए।

अन्तिम होलमा बर्डी प्रहार गर्दै सुबाशले २ स्ट्रोकले उपाधि जिते। उनले ब्याक नाइन ३-अन्डर ३३ मा र भुवनले १-अन्डर ३५ मा पुरा गरे। सुर्य नेपाल गल्फ टुरमा सुबाशको यो समग्रमा छैटौं उपाधि हो।

निरजले सातौं होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। यसपछि १०औं, १२औं, १४औं र १८औं होलको बर्डीले ब्याक नाइन ४-अन्डर ३२ मा पुरा गर्दै बोगी फ्री स्कोर कार्ड बनाए।

पुरस्कार राशीको आधारमा सिजनकै ठुलो प्रतियोगितामा कुल १५ लाख ५० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगितामा ३७ प्रो र ११ एमेच्योर गरी कुल ४८ गल्फरको सहभागीता रहेको थियो।

यो सिजनको कुल आठ प्रतियोगिता मध्ये एमेच्योर सदभाव आचार्यले दुई तथा प्रो दिनेश प्रजापति, शुक्र बहादुर राई, भुवन नगरकोटी, रवि खड्का, निरज तामाङ र सुबाश तामाङले एक एक उपाधि जिते।

विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका म्यानेजिङ डिरेक्टर रवि कुमार रायवरम र पिजीए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे। सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप अन्तर्गत प्रो-एम प्रतियोगिता शनिबार हुनेछ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ९ : २६ बजे

मगर साहित्य महोत्सव : स्वयम् सेवक परिचालनका लागि विद्यार्थी संगठनहरुसँग छलफल

बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीले यही मंसिर २१

सिन्धुलीबाट १८९ किलो गाँजा बोकेको पिकअप गाडीसहित एक जना पक्राउ

काठमाडौं । सिन्धुलीबाट प्रहरीले १८९ किलोग्राम गाँजा बोकेको पिकअप गाडीसहित

धरहरा चढ्ने स्वदेशीलाई दुई सय शुल्क

काठमाडौं । परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी

गैँडाको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणबाट आज बिहान

आइपिटिपी बैठकमा सहभागी हुन सभामुख घिमिरे कम्बोडियामा

काठमाडौं । सभामुख देवराज घिमिरे सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय