१७ असार २०८१, सोमबार | July 1, 2024

डेल्टामा लागेको आगलागी बस्तीमा फैलनबाट जोगियो, पूर्ण नियन्त्रणमा आउन अझै समय लाग्ने



बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा भएको आगलागी अन्यत्र फैलनबाट नियन्त्रित अवस्थामा पुगेको छ । मार्टको तेस्रो तलाबाट सुरु भएको आगलागीका कारण बुटवलको मिलन चोकका २ पेट्रोल पम्प सहित दर्जनौ मानव बस्ती जोखिममा परेको थियो ।

मार्टका सम्पूर्ण समान जलेर नष्ट भएपनि आगलागीबाट बस्ती जोगाउने अवस्थामा पुगेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डीतले बताए । आगलागीबाट डेल्टामार्टको सिङ्गो भवन जलेर ध्वस्त भएको छ ।

बुटवल सहित रुपन्देहीका बिभिन्न स्थानका ६ वटा दमकल आगलागी नियन्त्रणका लागि परिचालन गरिएको छ । आगलागी पूर्ण नियन्त्रणमा आउन अझै २-३ घण्टा लाग्न सक्ने डीएसपी पण्डीतले अनुमान गरेका छन् । आगलागी नियन्त्रणमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे सहित प्रहरी, स्थानीयबासी लगातार खटिएका छन् ।

आगलागी नियन्त्रणमा खटिएका नगर प्रमुख पाण्डेयले करीब ४ घण्टाको लामो प्रयासपछि बुटवल उपमहानगरपालिकाका २ दमकल, छिमेकी पालिकाहरू, सैनामैना, देवदह, रामग्राम, बाणगँगा, आयल निगम र एयरपोर्ट सहित धेरै ठाउका दमकल, सुरक्षा अधिकारीहरू, स्वयमसेवकहरू, उपस्थित स्थानीयको क्रियाशीलतामा आगो अन्य घरहरूमा फैलिन रोक्न सफल भएको जनाएका छन् । आगलागी नियन्त्रणका लागि सबै उपाय अपनाईए पनि क्षति रोक्न नसकेकोमा आफु दुःखित भएको उल्लेख गर्दै उनले बुटवललाई विपदका समयमा साथ दिने सबैलाई आभार प्रकट गरेका छन् ।

बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने मार्टका संचालक घनश्याम पाठकले बताए । शिक्षण पेशाका अगुवाहरुले संचालन गरेको डेल्टा मार्टको तल्लो तलामा जुत्ता बजार रहेको थियो भने अन्य तलामा ग्रोसरी, स्टेसनरी, खेल सामाग्री लगायतका सामाग्रीहरु बिक्रि वितरण हुँदै आएको थियो ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  १० : ४४ बजे

रोल्पामा जिप दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको

एकीकृत समाजवादीको महाधिवेशनमा अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को महाधिवेशनमा पार्टी

बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा

बुटवल । बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त

बुटवलका ३५ जना महिलाले जुत्ता बनाउन सिके

बुटवल । बुटवल उपमहानगरपालिकाले ३५ जना महिलालाई १० दिने जुत्ता

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी