१७ असार २०८१, सोमबार | July 1, 2024

बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्पेलेक्समा भीषण आगलागी (तस्वीर र भिडियोसहित)



बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगलागी भएको छ । मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागीका कारण मार्टको तेस्रो तलामा रहेको खलकुद र स्टेसनरीका सामानहरु जलेर नष्ट भएका छन् ।

यो समाचार तयार पार्दा सम्म आगलागी नियन्त्रणमा आएको छैन । आगलागी नियनत्रणका लागि रुपन्देहीका ५ वटा दमकल आगलागी स्थलमा पुगेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहल भट्टले जानकारी दिए । स्थानीय र प्रहरीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।

बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने मार्टका संचालक घनश्याम पाठकले बताए । शिक्षण पेशाका अगुवाहरुले संचालन गरेको डेल्टा मार्टले पछिल्लो समय बुटवलमा लोकप्रियता कमाउँदै गएको थियो । तल्लो तलामा जुत्ता बजार रहेको मार्टमा ग्रोसरी, स्टेसनरी, खेल सामाग्री लगायतका सामाग्रीहरु बिक्रि वितरण हुँदै आएको छ ।

भिडियो

तस्वीर

 

 

 

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ७ : ३२ बजे

रोल्पामा जिप दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको

एकीकृत समाजवादीको महाधिवेशनमा अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को महाधिवेशनमा पार्टी

बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा

बुटवल । बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त

बुटवलका ३५ जना महिलाले जुत्ता बनाउन सिके

बुटवल । बुटवल उपमहानगरपालिकाले ३५ जना महिलालाई १० दिने जुत्ता

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी