१५ असार २०८१, शनिबार | June 29, 2024

हरित उद्यमकालागि राजापुर र ठाकुरबाबाका युवा महिलालाई स्टार्टअप सहयोग वितरण



बर्दिया । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका अति विपन्न युवा महिलाहरुलाई हरित उद्यम सञ्चालन गरेर वातावरण संरक्षणमा योगदान दिन स्टार्टअप सहयोग बितरण गरेको छ ।

प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा क्लबले सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत युवा महिलाहरुलाई उद्यममा लगाउन सो सहयोग बितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताए । उनले दुबै नगरपालिकाका युवा महिलालाई अर्गानिक तरकारी खेती, गड्यौला मल उत्पादन र हस्तकलाका सामाग्री उत्पादनका लागि नगद भाउचर (सिभिए) मार्फत स्टार्टअप सहयोग बितरण गरिएको जानकारी दिए ।

ठाकुरबाबा नगरपालिकामा गड्यौला मल उत्पादन गर्ने ६ जना युवा महिला र हस्तकला सामाग्री बनाउने ९ जना युवा महिलालाई उनिहरुले रोजेको सम्बन्धित उद्यमका लागि आवश्यक पर्ने सामाग्रीहरु नगद भाउचर मार्फत बितरण गरिएको थियो ।

बितरण कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले प्रशिक्षार्थीहरूलाई प्रदान गरिएको सहयोगको अधिकतम उपयोग गर्न आग्रह गर्दै हरित व्यापार र वातावरण संरक्षण मार्फत युवा र जोखिममा परेका महिलाहरूलाई सशक्तिकरणमा सहयोग गरेकोमा प्लान नेपाल र बाँके युनेस्को क्लबप्रति आभार व्यक्त गरे ।

नगरपालिकाका उपमेयर बिना कुमारी भट्टराईले आत्मविश्वास र जोशका साथ आफ्नो पेशालाई आत्मनिर्भरता प्राप्त गर्न र सम्मानजनक जीवन बिताउन प्रशिक्षार्थिहरुलाई प्रोत्साहन दिइन् ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिसाल, रोजगार संयोजक रविन्द्र अर्याल, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, तातो हावा परियोजनाका संयोजक साजिद अलि सिद्दिकी, ग्रिन इकोनोमी परियोजनाका अधिकृत राधेकृष्ण थारु, फिल्ड सुपरवाइजर कञ्चन दहित लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी बर्दियाकै राजापुर नगरपालिकामा वडा नम्बर ६ का वडा अध्यक्ष असराज न्यौपानेको अध्यक्षतामा आजै स्टार्टअप सामाग्री सहयोग बितरण कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा उद्यम विकास शाखाका प्रमुख पूर्णबहादुर ओली, बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधर, सदस्य फिरदौस जहाँ, आयोजना अधिकृत श्री.राधेकृष्ण थारु र फिल्ड सुपरवाइजर सुश्री सञ्जिता रिजालको उपस्थिति रहेको थियो ।

राजापुरमा अर्गानिक तरकारी खेतीका लागि ८ जना युवा महिला र गड्यौला मल उत्पादनका लागि ७ जनालाई स्टार्ट अप सामाग्री बितरण गरिएको हो ।

वडा नम्बर ६ का वडा अध्यक्ष न्यौपानेले स्टार्टअप सहयोगले युवालाई व्यापार व्यवसायमा लाग्न प्रेरित गरेको जनाउँदै जनप्रतिनिधि र वडा कार्यालयले पनि यस्ता व्यवसायको नियमित अनुगमन र उत्प्रेरणा गर्नुपर्नेमा जोड दिए ।

सो परियोजनाले हरित रोजगारी र वातावरण संरक्षण मार्फत कमजोर युवा महिलाकालागि रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ।

 

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ६ : ३३ बजे

देउवा र ओलीबीच बालकोटमा अर्थपूर्ण भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका

बर्दियामा चितुवा नियन्त्रणमा लिइयो

बर्दिया । बर्दियाको गुलरिया नगपालिका–१ स्थित शङ्कर बस्तीमा घरपालुवा जनावर

टी-२० विश्वकपको फाइनल : भारतले टस जितेर पहिला ब्याटिंग गर्दै

काठमाडौं । भारतले टी-२० विश्वकपको फाइनलमा टस जितेर पहिला ब्याटिंग

‘अनाथ बालबालिकालाई शिक्षित बनाउनु राष्ट्रका लागि महत्वपूर्ण योगदान’

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनाथ बालबालिकाको संरक्षण

एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन भोलिदेखि

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको