२५ चैत्र २०८१, सोमबार | April 8, 2025

विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टोली



काठमाडौं । आइसिसी टि-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएका छन् ।

अमेरिका र वेस्टइण्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा तीनमा हार तथा एक खेल बराबरी खेलेको थियो । नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गरेका थिए ।

विश्वकप क्रिकेटमा नेपाल समूह डि मा परेको थियो । नेपालको समूहमा दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स रहेका थिए । नेपालले अमेरिकामा दुई खेल र वेस्टइण्डिजमा समान दुई खेल खेलको थियो । अमेरिकामा भएको आफनो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको थियो ।

त्यस्तै श्रीलङ्कविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्ध भएसँगै दुवै टोलीले समान एकर एक अङ्क बाँडेका थिए ।त्यसपछि वेस्टइण्डिजमा भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल एक रनको झिनो अन्तरले पराजित भएको थियो । त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग २१ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको थियो ।

विश्वकपमा नेपालसँगै श्रीलङ्का र नेदरल्यान्डस् प्रतियोगिताबाट बाहिरिएका थिए । त्यस्तै दक्षिण अफ्रिका र बङ्गलादेश भने सुपर आठमा पुगे । दक्षिण अफ्रिका समूह डि को शीर्ष र बङ्गलादेश दोस्रो स्थानमा रहदै सुपर आठमा पुगेका हुन ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  १ : २९ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग