२२ असार २०८१, शनिबार | July 6, 2024

बुटवलको मुख्य प्राथमिकता शिक्षा, स्वास्थ्य, सीप तथा रोजगारी (पूर्णपाठसहित)



बुटवल । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेको छ । उपमहानगरपालिकाले कृषि, पर्यटन, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने मूल रणनीति बनाएको छ ।

आज नगरसभाको १५औँ अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको विकास गरी बस्नयोग्य सहर बनाउने ध्येय रहेको बताए । उनले बुटवललाई सबै जातजातिले अपनत्व गर्नसक्ने साझा सांस्कृतिक सहरका रुपमा स्थापित गर्ने र पर्यटकीय विश्रामस्थल बनाउने गरी आवश्यक नीति अगाडि सारिएको जानकारी दिए ।

उज्यालो, सफा, सुन्दर र हरियालीसहितको सुरक्षित र समुन्नत सहरको रुपमा विकास गर्ने, सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी सहरलाई जीवन्त बनाउने, सेवाप्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने र मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

‘छोरी पढाऔँ समाज बनाऔँ’ कार्यक्रमअन्तर्गत बुटवल टेक्निकल इन्स्टिच्युटमा छात्रालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने, असहाय र विपन्न वर्गलाई विद्यालयमा नियमित गर्न नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने नीति बुटवलले अगाडि सारेको छ । विद्यालय खाजा कार्यक्रममा रु १० थप गरी रु २५ बनाउने नीति लिएको छ । निजी विद्यालयले सबै कक्षामा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र हरेक शैक्षिक सत्रको अन्तमा विवरण अनिवार्य सार्वजनिक गर्ने नीति ल्याएको छ ।

स्वास्थ्यतर्फ बुटवलले दुई वटा अस्पताल सञ्चालन गर्ने, हरेक चार÷चार महिनामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्ने, महिलाको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे तथा अन्य स्वास्थ्य परीक्षणका शिविर सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख पाण्डेयले सार्वजनिक निजी साझेदारीमा बुटवल–११ मा सय श्ययाको सुविधासम्पन्न अस्पताल सञ्चालन गरिने बताए । मुख्य राजमार्ग क्षेत्र र चोकमा स–साना पार्क, विश्राम चौतारी, सार्वजनिक शौचालय, पिउने पानीको व्यवस्था थप गरी आवश्यकताअनुसार पार्किङ क्षेत्र तोक्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बुटवल औद्योगिक क्षेत्र, अटो भिलेज र अन्य क्षेत्रमा सञ्चालनमा रहेका उद्योग व्यवसायलाई नगरमा अनिवार्य रुपमा दर्ता गरी करको दायरामा ल्याउने र राजस्व वृद्धिका लागि ‘स्पेसल टास्क फोर्स’ सञ्चालन गर्ने नीति बुटवलले अगाडि सारेको छ । आधुनिक पशु बधशालाको मासु उपभोग तथा बिक्री गर्ने मासु पसल, होटल, रेष्टुराँ र अन्य व्यवसायलाई प्रोत्साहनको नीति लिने र पशु बधशालाभन्दा बाहिर खसीबोका बध गर्ने कार्यलाई कानुनबमोजिम रोक लगाउने नीति तथा कार्यक्रममा उल्लेख छ । गृहिणी महिलाहरुलाई स्वरोजगार बनाउन नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रमअन्तर्गत उत्पादित वस्तुको बिक्री गर्न कोसेली घर स्थापना गर्ने र नगरको चिनोका रुपमा स्थापित गर्ने नीति तथा कार्यक्रममा भनिएको छ ।

बुटवल भ्रमण वर्ष घोषणा गरी ‘घुमौँ बुटवल’ अभियान सञ्चालन गरी पर्यटक आगमन वृद्धि गर्ने नीति अगाडि सारिएको छ । “बुटवललाई उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्न कालिकापथ, ट्राफिक चोक, अमरपथ र अन्य आवश्यक स्थानमा रात्रिकालीन बजार सञ्चालन गरिनेछ”, प्रमुख पाण्डेले भभने “रात्रिकालीन बजार सञ्चालन गर्दा स्थानीय परम्परा, संस्कृतिलाई प्राथमिकता दिँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न प्रोत्साहित गरिनेछ ।”

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १० : २५ बजे

‘बेहुली फ्रम मेघौली’ को र्‍‍याप गीत- बिहे गर्ने कि नगर्ने रिलिज

काठमाडौं । आउदो दशैंमा प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम

सिद्धार्थ राजमार्गमा पहिरो खसेपछि बुटवल पाल्पा सडक खण्ड अवरुद्ध

बुटवल । रातीदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ

अविरल वर्षासँगै आएको पहिरोले विपी राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले विपी राजमार्ग अवरुद्ध भएको

पोर्चुगललाइ पराजित गर्दै फ्रान्स युरोकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । फ्रान्स युरोकपको सेमिफाइनलमा पुगेको छ । जारी युरोकपको