१२ असार २०८१, बुधबार | June 27, 2024

बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय



काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ। आयोगको मंगलबार बालुवाटारमा बसेको बैठकले प्रस्तावित बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हो।

आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बालुवाटारमा आयोगको बैठक बसेको थियो।

बिएन्डसीलाई सम्बन्धन दिन सर्वोच्च अदालतले यसअघि परमादेश दिएको थियो।

अदालतले नै परमादेश दिइसकेकाले सोही अनुसार निर्णय गर्ने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले बताए। ती सदस्यले बिएन्डसीलाई सम्बन्धन दिन प्रधानमन्त्री प्रचण्ड आफैंले प्रस्ताव गरेको बताए।

आयोगको १४ औं बैठकको मुख्य एजेन्डा नै बिएन्डसीको सम्बन्धनबारे थियो। बैठकमा आयोगका सह(अध्यक्ष स्वास्थ्य तथा जनससंख्या मन्त्री प्रदीप यादव र शिक्षा मन्त्री सुमना श्रेष्ठ पनि उपस्थित थिए।

सर्वोच्च अदालतले काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा जेठ २४ गते परमादेश जारी गर्दै १५ दिनभित्र बिएन्डसीलाई सम्बन्धन दिन आदेश दिएको थियो।

उक्त परमादेशपछि काठमाडौं विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धन दिन सिफारिससहितको पत्र पठाएको थियो।

बिएन्डसीले २०६४ सालमा शिक्षा मन्त्रालयबाट आशय पत्र लिई पूर्वाधार निर्माणलगायत मेडिकल कलेज सञ्चालनको पूर्वतयारीको काम गर्दै आएको थियो।

तर, सबै प्रक्रिया पूरा गर्दा पनि सम्बन्धन नपाएको भन्दै बिएन्डसी सञ्चालक दुर्गा प्रसाईं सर्वोच्च अदालत गएका थिए।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ८ : १० बजे

बाल मन्दिर जग्गा हिनामिना प्रकरणः २० जनालार्ई पक्राउ पुर्जी जारी भएकोमा तीन जना पक्राउ

काठमाडौं । नेपाल बाल सङ्गठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा

बुटवलको पाल्पारोडबाट लागु औषध खैरो हिरोइन सहित २ जना पक्राउ

बुटवल । बुटवलको पाल्पारोडबाट लागु औषध खैरो हिरोइन सहित २

विपदमा परी १४ जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य

पाकिस्तानी दूतावासबाट निबन्ध लेखन र भाषण प्रतियोगिताका प्रतियोगीलाई पुरस्कार वितरण

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले निवन्ध लेखन र भाषण प्रतियोगिताका

ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै

काठमाडौ । ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर