२८ पुस २०८१, आइतबार | January 12, 2025

पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी



पेरिस । जलवायु वैज्ञानिक र खेलाडीहरूद्वारा समर्थित एउटा नयाँ प्रतिवेदनले मङ्गलबार यस वर्षको पेरिस ओलम्पिकमा अत्यधिक तापक्रमको खतरा रहने चेतावनी दिएको छ ।

गैरनाफामूलक क्लाइमेट सेन्ट्रल, बेलायतको युनिभर्सिटी अफ पोर्ट्समाउथका शिक्षाविद् र ११ जना ओलम्पियन्सबिचको सहकार्यमा तयार भएको “रिङ्स अफ फायर“ प्रतिवेदनले बढ्दो तापक्रमका कारण पेरिसको अवस्था सन् २०२१ मा टोकियोमा भएको भन्दा खराब हुन सक्ने बताएको छ ।

प्रतिवेदनमा सन् २०२४ को जुलाई-अगस्ट मा हुने पेरिस ओलम्पिकमा तीव्र गर्मीका कारण खेलका क्रममा प्रतिस्पर्धीहरु बेहोस हुने र ज्यान समेत गुमाउन सक्ने जस्तो जटिल अवस्था हुनसक्ने चेतावनी दिइएको छ ।

“रिङ्स अफ फायर“ प्रतिवेदनले सामान्यतया उत्तरी गोलार्धको उचाइमा गर्मीको समयमा आयोजना हुने प्रतियोगिताहरू-जस्तै ओलम्पिक वा विश्वकप फुटबलका आयोजकहरूलाई आफ्नो तालिकामा पुनर्विचार गर्न आग्रह गर्दछ ।

अध्ययनले गर्मीको जोखिमबाट बच्न पुनर्जलिकरण र शितलनका योजनाहरू पनि प्रदान गर्नुपर्ने तर्क गरेको छ । जुलाई २६ देखि अगस्ट ११ सम्म चल्ने पेरिस ओलम्पिक फ्रान्सको राजधानीमा सामान्यतया सबैभन्दा गर्मी समयमा हुने तयारीमा रहेको छ ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ५ : ३६ बजे

बागलुङमा ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण हुँदै

बागलुङ । दरमखोलामा चार मेघावाटको ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण

आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदानसम्बन्धी विवरण

बुटवलमा खुल्यो ईको चाजिङ स्टेशन

बुटवल । बुटवल उपमहानगरपालिका-९ इटाभट्टिमा ईको चाजिङ स्टेसन सन्चालनमा आएको

भरियाले धानेकोे खुम्बु क्षेत्रको ढुवानी

सोलुखुम्बु । खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय किलोको

राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय