२३ चैत्र २०८१, शनिबार | April 5, 2025

गण्डकी बजेटमा ‘उचाइमा खेल, खेलमा उचाइ’ कार्यक्रम



कास्की । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेशको खेलकुद विकासलाई प्राथमिकतामा राखेको छ । सरकारले विशेषगरी ‘उचाइमा खेल, खेलमा उचाइ’ कार्यक्रम सञ्चालन गरी खेल क्षेत्रलाई नयाँ उचाइमा लैजाने जनाएको हो ।

आगामी आव २०८१÷८२ को वार्षिक बजेट आज प्रदेशसभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री डा टकराज गुरुङले उच्च उचाइ (हाइ अल्टिच्युड) खेल तालिम केन्द्रको पूर्वाधार निर्माणमार्फत खेल क्षेत्रलाई नयाँ उचाइमा लैजाने जानकारी दिए ।

प्रदेश सरकारका अघिल्ला वर्षका नीति तथा कार्यक्रम र बजेटमा हिमालपारिको जिल्ला मुस्ताङमा उच्च उचाइ खेल पूर्वाधार निर्माण गर्ने योजना पर्ने गरे पनि कार्यान्वयन हुन सकेको थिएन । मुख्यगरी जग्गा प्राप्तिलगायतका कारणले योजना अघि बढ्न सकेको छैन ।

मन्त्री गुरुङले आगामी वर्ष उच्च उचाइ खेल तालिम केन्द्रको निर्माण सुरु गरिने जानकारी दिए। “उच्च उचाइ खेल तालिम केन्द्रको पूर्वाधार निर्माण गरी ‘उचाइमा खेल, खेलमा उचाइ’ कार्यक्रम सञ्चालन गर्नेछौँ”, उनले भने ।

प्रदेश सरकारले खेलकुद क्षेत्रको विकास, विस्तार र सुदृढीकरणका लागि सङ्घ र स्थानीय सरकारबीच सहकार्य र साझेदारी गरिने जनाएको छ । मन्त्री गुरुङले भने, “सहकार्य र साझेदारी गर्दै खेलाडीहरूको व्यावसायिकता विकास, प्रशिक्षण र प्रोत्साहनका विशेष कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु ।”

प्रदेशका ख्यातिप्राप्त खेलाडीहरूको सम्मान कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको मन्त्री गुरुङले जानकारी दिए । सरकारले आगामी आवका लागि रु ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बजेट ल्याएकामा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका लागि रु पाँच अर्ब ४७ करोड ७४ लाख १६ हजार छुट्याइएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ८ : ५४ बजे

बुद्ध दर्शनको प्रचारप्रसार र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा थाई सरकारको योगदान

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा थाई सरकार र थाई समुदायले

जनयात्रामा शान्तिपूर्ण रुपमा सहभागी हुन रास्वपाको अपिल

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि दुईमहिने जनयात्रा कार्यक्रम

नयाँ वर्षमा नवलपुरको होटल पौवामा विशेष सांगीतिक कार्यक्रम र स्वाद उत्सवको आयोजना हुने

नवलपुर । नेपाली चाडपर्वहरूलाई विशेष बनाउँदै आएको नवलपुरको गैडाकोट–१२, हर्कपुरस्थित

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र

बालविवाह न्युनिकरणकालागि ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा

नेपालगन्ज । बालविवाहलाई पूर्ण रुपमा बन्द गर्न बर्दियामा ६ बुँदे