२२ असार २०८१, शनिबार | July 6, 2024

बुटवल उपमहानगरको सार्वजनिक सुनुवाई, नागरिक अभिमतलाई सम्मान गर्ने नगरप्रमुखको भनाई



बुटवल । बुटवल उपमहानगरपालिकाले सार्वजनिक सेवा प्रवाहका सन्दर्भमा सार्वजनिक सुनुवाई गरेको छ । आज (बिहीबार) आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयले नगरको सेवाप्रवाह, विकास निर्माणका साथसाथै बुटवलभित्रका संघ, प्रदेश कार्यालयहरु, विद्युत, सुरक्षा निकाय, मालपोत र नापी, सडक डिभिजन कार्यालय, खानेपानी, ढल निकासलगायतका विषयमा धारणा राखेका थिए ।

उनीहरुले वर्षायामको तयारी गर्नुपर्ने, ज्योतिनगर र श्रवणडाडाको पहिरो, नदीजन्य पदार्थको उत्खनन्, मुख्य सडक निर्माण, सडक बत्तीजस्ता विषयमा गुनासो र सुझावहरु राखेका थिए।

कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले सार्वजनिक सुनुवाईबाट प्राप्त प्रश्न र सुझावहरुलाई ग्रहण गरि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । २०७९ जेठ ९ गते पदभार ग्रहण गरेपछि नियमित रुपमा सार्वजनिक सुनुवाई गरिएको बताउँदै उनले यसबाट प्राप्त नागरिकका अभिमतलाई सम्मान गर्दै अघि बढ्ने बताए । उनले बुटवललाई सबैको साथले समृद्ध सहर बनाउने योजना पूरा हुने बताए।

प्रमुख पाण्डेयले बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहरका रुपमा स्थापित गर्न आफुहरु प्रतिबद्ध रहेको बताए। उनले बुटवललाई आर्थिक केन्द्रका रुपमा मात्रै नभई मानव संशाधनको दृष्टिबाट पनि उच्च क्षमताको जनशक्ति उत्पादन र खपत गर्ने मुख्य शहरका रुपमा स्थापित गर्ने दृढता ब्यक्त गरे।

‘बुटवललाई नेपालकै महत्वपूर्ण शहरका रुपमा स्थापित गर्ने र प्रवद्र्धन गर्ने जिम्मेवारी हाम्रो काँधमा छ, हामी बुटवललाई शैक्षिक, व्यापारिक, औद्योगिक, पर्यटकीय, प्रविधियुक्त, स्वस्थ र अगुवा नगरका रुपमा स्थापित गर्न प्रयत्नरत छौं’ उनले भने।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध सहर बनाउनका लागि सबैको साथ जरुरी रहेको बताइन्। उनले नागरिक सचेत भएमा मात्रै विकासको खास अर्थ रहने भन्दै सार्वजनिक सरोकारका विषयमा र सार्वजनिक सम्पत्ति संरक्षणमा विशेष चासो दिन आग्रह गरिन्।

कार्यक्रममा उठेका विषयहरुमा बोल्दै बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले सहभागीका प्रश्न र सुझावहरुलाई विशेष प्राथमिकता दिएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

सेवा प्रवाहलाई चुस्त र दुरुस्त राख्न आफुहरुलाई महत्वपूर्ण सुझावहरु आएको भन्दै उनले प्रशासनिक सुधार गर्ने गरी काम गर्ने आस्वाशन दिए । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रतिनिधिहरु र सामाजिक संस्थाका प्रतिनिधिहरुले आआफ्ना धारणा राखेका थिए।

सार्वजनिक सुनुवाईमा १ सय भन्दा बढी सेवाग्राहीसँग एक्जिटपोल र सिटिजन रिर्पोट भवानी प्रसाद पाण्डेले प्रस्तुत गरेका थिए। सार्वजनिक सनुवाई कार्यक्रममा वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न बिषयगत समितिका संयोजक, विभिन्न नागरिक समाज तथा संघसंस्थाका प्रतिनिधि गरि करिव २ सय जनाको सहभागिता रहेको थियो।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ५ : ५८ बजे

वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान

काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न

‘बेहुली फ्रम मेघौली’ को र्‍‍याप गीत- बिहे गर्ने कि नगर्ने रिलिज

काठमाडौं । आउदो दशैंमा प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम

सिद्धार्थ राजमार्गमा पहिरो खसेपछि बुटवल पाल्पा सडक खण्ड अवरुद्ध

बुटवल । रातीदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ

अविरल वर्षासँगै आएको पहिरोले विपी राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले विपी राजमार्ग अवरुद्ध भएको