१० बैशाख २०८२, बुधबार | April 23, 2025

गण्डकीमा मन्त्रिपरिषद विस्तार फणिन्द्र उर्जा, मनाङे भौतिकपूर्वाधार मन्त्री



पोखरा । सोमबारमात्र विश्वासको मत प्राप्त गरेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन्।

मुख्यमन्त्री पाण्डेले नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचित भएका सांसद फणिन्द्र देवकोटालाई उर्जामन्त्री बनाएका छन् । यस्तै, स्वतन्त्र सांसद राजिब गुरूङ (दीपक मनाङे) लाई भौतिक पूर्वाधार मन्त्री बनाएका छन् ।

नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शप गराएकाछन् ।

गण्डकीमा यसअघि कांग्रेसबाट विन्दुकुमार थापा सामाजिक विकास र टकराज गुरूङ आर्थिक मामिला मन्त्री नियुक्त भैसकेका छन् ।

देवकोटाले माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै मत दिएपछि मुख्यमन्त्री पाण्डेले हिजो विश्वासको मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  १ : १६ बजे

जम्मू-कश्मीर आक्रमण : एक नेपाली सहित २८ जनाको मृत्यु

पाहलगाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू-कश्मीरको पाहलगाममा भएको दुःखद

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

काठमाडौँ । विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक

आईपीएल : लखनउलाई दिल्लीले आठ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रियिमयर लिग (आईपीएल)मा दिल्ली क्यापिटलले लखनउ सुपर

बाँकेमा जग्गाधनी प्रमाणपूर्जा वितरणको तयारी

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन

आजको मौसमः कोशी र गण्डकी प्रदेशकाे पहाडी भू-भागमा पानी पर्ने

काठमाडौं । हाल देशमा मूख्यतया स्थानीय वायू तथा पश्चिमी वायूको