२३ भदौ २०८१, आइतबार | September 8, 2024

पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता



काठमाडौं । पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता भएको छ । पूर्वी अफ्रिकी देश मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमानसँग सम्पर्कविहीन भएको र विमानको स्थानबारे जानकारी नआएको बताएका छन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मलावी डिफेन्स फोर्सको विमान टेक अफपछि राडार बाहिर गएको जनाएको छ । विमान मलावीको राजधानी लिलोग्वेबाट सोमबार बिहान उडेको थियो । उक्त विमानमा उपराष्ट्रपति बाहेक नौ जना सवार थिए ।

रिपोर्टका अनुसार विमान आफ्नो गन्तव्य मजुजुमा अवतरण गर्न असफल भएको थियो । मजुजु मलावीको उत्तरी क्षेत्रमा स्थित छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ८ : ०८ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर