९ बैशाख २०८२, मंगलबार | April 22, 2025

रक्षामन्त्री उप्रेतीद्वारा सैनिक हवाई सेवा निरीक्षण



काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले गौचरस्थित सैनिक हवाई सेवाअन्तर्गत मध्यएयर वेश, विशिष्ट उडान सेवा तथा हवाई प्राविधिक सेवाको निरीक्षण गरेका छन् ।

उनलाई सैनिक हवाइसेवा प्रमुख, पाइलट उपरथी आशिष नरसिंह राणाले सैनिक हवाई सेवाको वस्तुस्थितिलगायत सैनिक हवाइसेवाका विविध गतिविधिबारे जानकारी गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यसअवसरमा रक्षा मन्त्री उप्रेतीले मध्यएयर वेशमा रहेका सैनिक हवाई साधन तथा उपकरणको अवलोकन गरे । मन्त्री उप्रेतीले सैनिक हवाई सेवालगायत अन्तर्गतका युनिटबाट विपद् उद्धार, विकास निर्माणलगायतका क्षेत्रमा सम्पादन भएका कार्यको प्रशंसा गर्दै आगामी दिनमा उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए । यसअघि उनलाई मध्यएयर वेशमा प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ९ : २६ बजे

आज पनि शिक्षक आन्दोलन जारी

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत

कक्षा १२ को परीक्षा नरोक्ने परीक्षा बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा

नवलपुरमा बाबुआमाको कुटपिटबाट ४ महिने शिशुको मृत्यु

नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका-१ अर्मलेमा बाबुआमाको कुटपिट र लछारपछारबाट

भारतीय विद्युतमन्त्री खट्टर काठमाडौं आइपुगे

काठमाडौं । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर

ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगे

काठमाडौं । ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आएका छन्