१५ असार २०८१, शनिबार | June 29, 2024

१४ बुँदे घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको १४ औं साधारणसभा सम्पन्न



नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेको १४औं साधारणसभा तथा अधिवेशन १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सधारणसभाको नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले उदघाटन गरे ।

उदघाटनका अवसरमा बोल्दै उनले बाँकेका पत्रकारको क्षमताबृद्धिमा नेपालगन्ज उपमहानगरपालिकाले विशेष नीति बनाउने प्रतिबद्धता ब्यक्त गरे । पत्रकार महासंघसँग सहकार्य गर्न उपमहानगर सदैब तयार रहेको बताउँदै नेपालगन्जका सञ्चारगृह र सञ्चारकर्मीका लागि उपमहानगरले बजेटको व्यवस्था गर्नेप्रतिबद्धता ब्यक्त गरे ।

महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको साधारणसभाले महासंघ मार्फत स्थापना भएका विभिन्न पुरस्कारबाट १८ जना सञ्चारकर्मीलाई पुरस्कृत गरिएको छ ।

साधारणसभाले संघका बाँके शाखा सचिव कमल डाँगीले प्रस्तुत गरेको प्रगती प्रतिबेदन र कोषाध्यक्ष बिनोद पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सुझाव सहित पारित गरेको छ । बिधान बमोजिम बरिष्ठ पत्रकार निरज गौतमको अध्यक्षतामा बनेको अध्यक्ष मण्डलको संयोजनमा सञ्चालन गरिएको बन्दसत्रले १४ बुँदे घोषणा पत्र जारी गरेको छ ।

जारी गरिएको घोषणा पत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र प्रर्बद्धनका लागि सम्पूर्ण आमसञ्चार माध्यम र पत्रकारहरुलाई अझ बढी जिम्मेवार, कर्तव्यनिष्ट, जवाफदेही र संयमतापूर्वक काम गर्न आग्रह गरिएको छ भने पत्रकार आचार संहिता, पत्रकारिताका स्थापित मूल्य, मान्यता र सिद्धान्त अनुरुप सत्य, तथ्य, सन्तुलित र विश्वसनीय समाचार प्रकाशन प्रशारण गर्न आमसञ्चार माध्यम र पत्रकारहरुलाई अनुरोध गरिएको छ ।

घोषणापत्रमा स्थानीय, प्रदेश र संघीय सरकारलाई समानुपातिक रुपमा विज्ञापन वितरण गर्न माग गर्दै स्थानीय विज्ञापन स्थानीय मिडियालाई प्राथमिकताका साथ दिने व्यवस्थागर्न पनि माग गरिएको छ ।

अनलाईन आमसञ्चार माध्यमको दर्ता र नविकरण, पत्रकार परिचयपत्रको वितरण र नविकरण जिल्ला तहबाटै उपलब्ध गराउन घोषणापत्रमा माग गर्नुका साथै समाचारमूलक आमसञ्चार माध्यम र सोसल मिडियाबारे सर्वसाधरणमा एकै बुझाई भएकाले फेसबुक, यूटुब लगायतका सामाजिक सञ्जाललाई व्यवस्थित गर्न नीति, विधि, कार्यविधि, निर्देशिका र ऐन, कानून निर्माण गर्न सरकारलाई आग्रह गरिएको छ ।

नेपाल पत्रकार महासंघको सदस्यता वितरण गर्दा मापदण्ड पुगेका क्रियाशिल पत्रकारलाई सरल र सहज विधिमा सदस्यता उपलब्ध गराउन र पत्रकारिता पेशामा क्रियाशिल नरहेका सदस्यहरुलाई स्वघोषणा वा स(सम्मान सदस्य नरहेको व्यवस्था मिलाउन सम्बद्ध सबैमा घोषणापत्रमा आग्रह गरिएको छ ।

उदघाटनसत्रमा बाँकेका प्मुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, बाँके प्रहरी प्रमुख तुलबहादुर कार्की, हुला कार्यालय प्रमुख गोबिन्द पाण्डे, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषी चौलागाई लगायतले साधारणसभाको सफलताको शुभकामना दिएका थिए ।

साधारणसभा सम्पन्न भएपनि केन्द्रमा सदस्यता सम्बन्धि बिबादका कारण निर्वाचन भने अझै अन्यौलमा रहेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ९ : ५३ बजे

‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पत्रकार रिसाललाई

काठमाडौं । रु एक लाख पुरस्कार राशीको ‘रोटरी लाइफ टाइम

देउवा र ओलीबीच बालकोटमा अर्थपूर्ण भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका

बर्दियामा चितुवा नियन्त्रणमा लिइयो

बर्दिया । बर्दियाको गुलरिया नगपालिका–१ स्थित शङ्कर बस्तीमा घरपालुवा जनावर

टी-२० विश्वकपको फाइनल : भारतले टस जितेर पहिला ब्याटिंग गर्दै

काठमाडौं । भारतले टी-२० विश्वकपको फाइनलमा टस जितेर पहिला ब्याटिंग

‘अनाथ बालबालिकालाई शिक्षित बनाउनु राष्ट्रका लागि महत्वपूर्ण योगदान’

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनाथ बालबालिकाको संरक्षण