२३ भदौ २०८१, आइतबार | September 8, 2024

ओलीलाई बालेनको चेतावनी – गिरिबन्धुलाई विषयान्तर नगर्नु, पीडितको बैना फिर्ता गर्नुहोला!



काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले गिरीबन्धु प्रकरणमा नीतिगत भ्रष्टचार गरेको आरोप लगाउदै पीडितको बिना फिर्ता गर्न चेतावनी दिएका छन् ।

उनले कोहि नयाँ आएर फाइल पल्टाउला र जेल जानु पर्ला भन्दै १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउन चेतावनी दिएका छन् ।

उनले भनेका छन् :

१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।

झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं ‘ भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।

यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।

अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।

अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  १० : ११ बजे

मौलिक, कला, संस्कृतिहरूको प्रवर्धनबाट प्रदेशको पर्यटन विकास गर्न सकिने : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायले मनाउने

गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव यथावत

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह