२ मंसिर २०८१, आइतबार | November 17, 2024

जिल्लाव्यापी नकआउट फुटबल सुरु, नेपालगन्ज–११ को विजयी सुरुआत



नेपालगन्ज । बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगितामा नेपालगन्ज–११ स्पोटिङ क्लबले विजयी सुरुआत गरेको छ । शनिबार कोहलपुर स्थित १३ बिगाह फुटबल मैदानमा नेपालगन्ज–११ ले इजोन स्पोट्स क्लबलाई ३–० ले पराजित गरेको छ ।

नेपालगन्ज–११ को लागि सुमित थापाले २ गोल र भरत बहादुर घर्ती मगरले १ गोल गर्नु भएको थियो । सुमितले खेलको २०औं मिनेट र ६१औं मिनेटमा गोल गर्नु भएको थियो । भरतले ६२औं मिनेटमा गोल गर्नु भएको थियो । बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा७ वटा क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता क्लबले आगामी वर्ष हुने बाँके जिल्ला स्तरीय लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ ।

शनिबार एक कार्यक्रमका बिच कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले प्रतियोगिताको उद्घाटन गरेका थिए । नगरप्रमुख आचार्यले कोलहपुरले पछिल्लो समय खेलकुद क्षेत्रको पुर्वाधारसँगै स्तरीय प्रतियोगिता आयोजना गरेर खेलाडीहरुको मनोबल बढाउने काम गरेको बताए । उनले भने,‘फुटबलमा छिटै एउटा स्तरीय मैदान बन्दैछ । अन्य पुर्वाधारलाई पनि हामीले महत्व दिएको छौं । फुटबल खेलको विकासको लागि फुुटबल संघले हामीलाई थुप्रै सहयोग गरेको छ । यसका लागि म संघलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा अखिल नेपाल फुटबल संघका पुर्व उपाध्यक्ष गोर्वधन सिंह सम्झना, पुर्व वडा सदस्य शंकर खड्का, नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रिया स्मृति ढकाल, कोहलपुर नगरपालिका खेलकुद संयोजक बुद्धि थापा, सदस्य किरण विक, कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक केशव राज रेग्मी लगायतको सहभागिता रहेको थियो ।

जेठ २३ गते सम्म चल्ने प्रतियोगितामा नेपालगन्ज –११ स्पोटिङ क्लब, सिटी युथ क्लब, ई जोन स्पोट्र्स क्लब, न्यु दपर्ण युवा स्पोट्र्स क्लब, न्यु नलेज स्पोट्स क्लब, एफसी संघारी, कंञ्चनजंगा भिजन स्पोट्स क्लबको सहभागिता रहेको छ ।

 

 

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ११ : १७ बजे

भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट

चितवन । भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा

पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वीराजमार्गको पूर्वी खण्डमा दोेस्रो चरणको कालोपत्र

चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका

कालिकाद्धारा छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थी सम्मान

बुटवल । बुटवल उपमहानगर पालिका वडा नम्बर १० मा अवस्थित

पूर्वसभामुख ढुङ्गानाको निधनमा राष्ट्रपति पौडेलद्वारा दु:ख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा दुःख