२३ भदौ २०८१, आइतबार | September 8, 2024

इन्द्रेणी बहुउद्देश्य सहकारी मार्फत बुटवलमै पहिलो इभी फाष्ट चार्जिङ स्टेशन संचालनमा आउँदै



बुटवल । बुटवलको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले इभी फाष्ट चार्जिङ स्टेशन सञ्चालनमा ल्याउने भएको छ । यही जेठको मसान्तभित्र चार्जिङ स्टेशन सञ्चालनमा ल्याउनेगरी आवश्यक पूर्वाधार निर्माण तथा मेशिन जडानको काम भैरहेको सहकारीले जनाएको हो ।

बुटवल उपमहानगरपालिका-८ सुख्खानगरमा कार्यालय रहेको सहकारीले आफ्नै भवन परिसरमा अत्याधुनिक मेशिन जडित गरि ‘फाष्ट चार्ज’ सहितको चार्जिङ स्टेशन सञ्चालनमा ल्याउन लागेको हो । पूर्व-पश्चिम राजमार्गदेखि करिव एकसय मिटर उत्तर धर्मपथमा रहेको आफ्नै कार्यालय परिषरमा स्थापना गर्न लागिएको चार्जिङ स्टेशनबाट दैनिक ८०-९० बढी सवारीका साधानलाई सेवा उपलब्ध गराउन सकिने सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणको प्राविधिक सहयोगमा सञ्चालन गरिने यो स्टेशनमा मानवरहित सेवा उपलब्ध गराइने र सेवाग्राहीले अनलाइनबाटै भुक्तानी गर्न सक्ने उनले बताए । उनले सहकारीबाट संचालनमा आउन थालेको चार्जिङ स्टेशन बुटवलको पहिलो र आधुनिक रहेको बताए ।

‘आधुनिक सफ्टवयर मार्फत संचालन भई अनलाइन माध्यमबाट रकम भुक्तानीको सुबिधा सहित ६० किलोवाट क्षमताको सीसीएस-२ डबल गनको एउटा मेशिन तथा ६० किलोवाटकै जीबीटी डबल गनसहितका २ वटा मेशिन जडान गर्नेछौं ।’ -अध्यक्ष अर्यालले भने, । एकसाथ ६ वटा सवारीलाई चार्ज गर्न सकिने स्टशेनबाट आधा घण्टादेखि १ घण्टाभित्रमा फूल चार्ज हुने उनको भनाई छ । आवश्यकता अनुसार चार्जिङ्ग मेशिन सङ्ख्या थप गर्दै लैजाने योजनामा रहेको समेत अर्यालले बताए ।

स्टेशनमा सेवा लिनका लागि बुटवल-गुल्मी जिल्लामा सञ्चालनमा रहेका १३ वटा सवारीसँग सम्झौता भइसकेका सहकारीले जनाएको छ । यस्तै बुटवलका अन्य सवारीधनीहरुसँग पनि सम्झौताका लागि प्रक्रिया अघि बढेको सहकारीका उपाध्यक्ष माया गौतमले जानकारी दिइन । स्टेशन सञ्चालनका लागि विद्युत प्राधिकरणले २ सय केभीको छुट्टै ट्रान्सफर्मर जडान गरेर सहयोग गरेको बताउँदै उनले मापदण्डअनुसार स्नान कक्ष, शौचालय, आरामकक्ष तथा चमेन गृहलगायतका संरचनाहरु निर्माण गर्न करिब १ करोड लगानी गरिएको उनले उल्लेख गरिन ।

पछिल्लो समय सहकारी संस्थाहरुले आर्थिक अपचलन गरेर बदनामी कमाइरहेका बेला आफूहरुले गरेको फरक प्रयासले सकारात्मक सन्देश दिने अपेक्षा गरिएको सचिव नरबहादुर रजालीले बताए । उनले बहुउद्देश्यीय सहकारी भएका कारण विभिन्न ५ क्षेत्रमा लगानी गर्न मिल्नेगरी संस्थाले विनियम तयार पारेको जानकारी गराउँदै रजालीले भविष्यमा अन्य क्षेत्रहरुमा समेत लगानी गरेर सदस्यहरुलाई उद्यमी बनाउने योजनामा रहेको उल्लेख गरे । सहकारीमा हाल २०४८ सदस्य आवद्ध रहेका छन् भने १० करोड ६२ लाख ३ हजार ५ सय रुपैयाँ सेयर पूँजी संकलन तथा ४० करोड ७४ लाख २६ हजार ८७६ रुपैयाँ निक्षेप पूँजी संकलन भएको छ । संस्थाको साढे ३ कट्ठा जग्गासहित सुविधासम्पन्न आफ्नै भवनमा कार्यालय सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ६ : २८ बजे

मौलिक, कला, संस्कृतिहरूको प्रवर्धनबाट प्रदेशको पर्यटन विकास गर्न सकिने : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायले मनाउने

गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव यथावत

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह