२३ भदौ २०८१, आइतबार | September 8, 2024

प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता



काठमाडौं । सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच शुक्रबार भेटवार्ता भएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्ता अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बुधबार प्रतिपक्षी दलहरुसँग भेट गरेको विषयमा केन्द्रित रहेको थियो  ।

नेपालको सो भेटपछि सत्ता गठबन्धन तरंगित बनेको थियो ।  सो भेट बारे छलफल गरेर गठबन्धनमा विश्वासको बातावरण बनाउन प्रधानमन्त्री प्रचण्ड र ओलीले माधव नेपालसँग छलफल गरेको बुझिएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै एमाले अध्यक्ष ओलीले समसामयिक विषयवस्तुमा छलफल भएको प्रतिक्रिया दिएका थिए ।

बुधबार साँझ देउवा निवासमा हाल अल्पमतमा रहेको जसपा नेपालको मधेश प्रदेश सरकारलाई बचाउने विषयमा छलफल भएको थियो । कांग्रेस, जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी एक ठाउमा आएमा मधेश सरकार बहुमतमा हुने हुनाले देउवाले सो पहल गरेका थिए ।  साथै देउवाले नेपाललाई अहिलेको गठबन्धन छोडेर मधेशबाटै वैकल्पिक गठबन्धन बनाउन आग्रह गरेका थिए ।

यस अघि शुक्रबार नै प्रधानमन्त्री प्रचण्डले भने माओवादी केन्द्रको संसदीय दलको बैठकमा माधव नेपालले आफूसँग सोधेर देउवासँग भेटेको दाबी गरेका थिए । साथै उनले सत्ता गठबन्धनमा कुनै समस्या नभएको समेत दाबी गरेका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ६ : १९ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर