२७ फाल्गुन २०८१, मंगलबार | March 11, 2025

नेपालगन्जमा एक साताअघिबाटै गर्मी बिदा



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको शैक्षिक क्यालेन्डरमा जेठ २७ गतेदेखि असार १४ गतेसम्म गर्मी बिदा तोकिएको भए पनि नेपालगन्जमा गर्मी अत्यधिक बढेको भन्दै एकसाता अगाडि नै उपमहानगरले गर्मी बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण पठनपाठनमा समस्या भएको भन्दै उपमहानगरले हप्ता दिन अगाडि नै गर्मी बिदा दिएको हो ।

उपमहानगरपालिकाका गोर्खबहादुर थापाले सार्वजनिक सूचना जारी गर्दै जेठ २० गतेबाट असार ८ गते सम्म बिद्यालयहरुमा बिदा दिन सूचित गरेका छन् । नगर प्रमुख स्तरिय निर्णयबाट गर्मी बिदाको सूचना जारी गरेका थापाले असार ९ गतेदेखि विद्यालय नियमित रुपमा संचालन हुने जानकारी दिएका छन्।

बुधबार यता नेपालगन्जको अधिकतम तापक्रम ४४ डिग्री बढी मापन गरिएको छ । गर्मीका कारण पठनपाठन सहित दैनिक जनजिवन नै कष्टकर बनेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ३ : ३४ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई

गणतन्त्रको विकल्प अरु हुन सक्दैन : सिके राउत

महोत्तरी । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राजावादीहरुको सक्रियतालाई

सिमसार क्षेत्रको अतिक्रमणले कछुवा जोखिम

मोरङ । सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा परेका छन्

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको