२ माघ २०८१, बुधबार | January 15, 2025

नेपालगन्जको विद्युत समस्या समाधान गर्न ‘संयन्त्र’ गठन

नेपालगन्जमा विद्युत उपभोक्ताहरुको प्रश्न 'लोड सेडिङ की लोड सेटिङ ?'



नेपालगन्ज । नेपालगन्जमा देखिएको लगातारको विद्युत अनियमितताको समस्या समाधान गर्न संयन्त्र गठन गरिएको छ । विद्युत प्राधिकारणको स्थानीय वितरण केन्द्रको क्षमता भन्दा बाहिरको समस्या समाधानमा समन्वयात्मक भुमिका खेल्न तथा स्थायी समाधानका लागि राजनीतिक पहलकदमी खोज्न ‘अनियमित विद्युत समस्या समाधान संयन्त्र’ निर्माण गरिएको बताइएको छ । प्राधिकरणले प्रशारण लाईन थप र नेपालगन्ज केन्द्रीत बिद्युत गृह निर्माण नहुँदा सम्म मौजुदा अस्थामा समाधान असम्भव रहेको बताएपछि समाधान खोज्न संयन्त्र गठन गरिएको हो ।

आज नेपालगन्जमा भएको सरोकारवालाहरुको बृहत भेलाले नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको संयोजकत्वमा संयन्त्र गठन गरिएको छ । नेपालगन्जमा हाल उपलब्ध बिद्युत प्रशारणमा सकेजति वितरण केन्द्रले व्यवस्थापन गरेको तर विद्युतको खपत बराबरको बिद्युत आपुर्ति गर्न आफुहरुबाट सम्भव नभएको बताएपछि थप विद्युत आपुर्तिको पहल गर्न संयन्त्र बनाइएको हो ।

नेपालगन्ज उद्योग बाणिज्य संघले आजै आयोजना गरेको नेपालगन्जको अनियमित विद्युतको समस्या र समाधान विषयक अन्तरक्रियामा बोल्दै विद्युत कार्यालय, नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले उपलब्ध विद्युतलाई आफुले व्यवस्थापन गरेको र नेपालगन्जको समस्या स्थायीरुपमा समाधान गर्न नयाँ विद्युत उत्पादन गृह थप्न आवश्यक रहेको बताएका थिए । उनले विद्युतको प्रशारण क्षमता थप नहुँदा सम्म समस्या देखिने बताउँदै भएका जनशक्ति र स्रोत साधन अधितम परिचालन गरि विद्युतको व्यवस्थापन गरिएको दाबी गरे । २ सय बढी विद्युत पोल हावाहुरीले ढाल्दा ३ दिनमा विद्युत सुचारु गरिएको बताउँदै उनले आफ्नो योग्यतामाथि प्रश्न नउठाउन सहभागीहरुलाई चेतावनी दिए ।

अन्तरक्रियामा सहभागीहरुले वितरण केन्द्रका प्रमुखको क्षमतामाथि प्रश्न उठाउँदै सहज विद्युत आपुर्तिको माग गरेपछि प्रमुख लामिछानेले योग्यताको जवाफ दिएका हुन् । सहभागीहरुले मरमतको नाममा कमिसनको लोभमा प्राधिकरणले वर्षभरी मरमत गर्ने गरेको आरोप लगाए । उनीहरुले विद्युत आपुर्ति नहुनुको सूचना उपभोक्तालाई नदिनु, उपभोक्ताको फोन रिसिव नगर्नु, वषौंदेखि एउटै कारण देखाएर नेपालगन्जमा विद्युतको समस्या बनाईराख्नु प्राधिकरणको गैरजिम्मेवारीपन भएको बताए । कार्यक्रममा नागरिक अगुवा तथा नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले नेपालगन्जमा अघोषित लोड सेडिङ नभएर लोड सेटिङ भएको आरोप लगाए ।

लुम्बिनी प्रदेशका कृषिमन्त्री भण्डारीलाल अहिरले प्रदेश सरकारको तर्फबाट हुन सक्ने सबै पहल गर्न प्रदेश सरकार तयार रहेको बताए ।

निवर्तमान मन्त्री एवं प्रदेश सांसद कृष्णा केसी नमूनाले प्रदेशबाट हुन सक्ने सबै सहयोग गर्न आफु तयार रहेको उल्लेख गर्दै माओवादीको मन्त्रालयमा उर्जा मन्त्रालय परेकाले राजनीतिक पहलकदमीको नेतृत्व गर्न पनि माओवादी पार्टी तयार रहेको बताइन् । उनले सबै राजनीतिक दलहरुको सहकार्यमा संघीय सरकारबाट विद्युतको समस्या समाधानका लागि आफ्नो पार्टीले नेतृत्व गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राई, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, नेकपा एमाले, बाँकेका अध्यक्ष निरक गुरुङ, नेपालगन्ज उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी, संघका पूर्वअध्यक्ष नन्दलाल बैश्यलगायतले ४२ डिग्री गर्मीको समयमा विद्युत अनियमित हुँदा ठूलो सास्ती भोग्नु परेको बताएका थिए । उनीहरुले अतिआवश्यक बाहेक मरमतका नाममा विद्युत अवरुद्ध नगर्न र काट्नै पर्ने भएमात्रै सूचना दिएर विद्युत काट्न र अन्य अवस्थामा विद्युत सुचारु गर्न आग्रह गरेका थिए ।

संयन्त्रमा व्यापारी, नागरिक समाजका अगुवा, वकिल, पत्रकार महासंघलाई सदस्य राखिएको छ । सदस्य सचिवको जिम्मेवारी संघका महासचिव भीमबहादुर रानाभाटलाई दिइएको छ । संयन्त्रको पहिलो बैठक आज साँझ ५ बजे बस्ने सदस्यसचिव रानाभाटले बताए ।

बाँकेमा हाल अत्याधिक गर्मी भएको गर्मीले आहात भएकै बेला विद्युत सयौंपटक जाने, सुचारु हुँदा पनि लो भोल्टेजको समस्या रहने गरेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ३ : ५४ बजे

लमजुङमा बढ्यो धान उत्पादन

लमजुङ । लमजुङमा यसवर्ष धान उत्पादन बढेको छ । अनुकुल

सामाजिक सञ्जालको सदुपयोग गर्दा…

नवलपुर । सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न

संसदमा विपक्षी दलहरुको बैठक बस्दै

काठमाडौं । संघीय संसदमा विपक्षी दलहरुको बैठक बस्न लागेको छ

दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

सोल । महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति योन सुक योललाई

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ