३१ भदौ २०८१, सोमबार | September 17, 2024

गणतन्त्र दिवसमा खजुरामा बक्तृत्वकला प्रतियोगिता



खजुरा । गणतन्त्र दिवसको अवसरमा बाँकेको खजुरामा माध्यमिक र निम्न माध्यमिक तहका बिद्यार्थीहरुका बीच बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । मनकामना युवा क्लवले आयोजना गरेको खजुरा गाउँपालिका स्तरिय प्रतियोगितामा १४ विद्यालयहरुले भाग लिएका थिए ।

माबि तर्फको बक्तृत्वकलामा नेरामाबि मनकामनापुरकी आरुशी बि.क. प्रथम भइन् भने दोस्रोमा भानु मा बि उढरापुरकी रुक्साना खा र तृतीय स्थान जेनिथ माबि खजुराकी डेजी पराजुलीले जितिन् ।

त्यसैगरि आधारभूत निमाबि तर्फ जेनिथ माबिकी भावना एडी प्रथम हुँदा गुराँस चाइल्डहुड एकेडेमीकी आर्जु पङगेनीले दोस्रो र नेरामाबि मनकामनापुरकी नबिना बिष्टले तेस्रो स्थान हासिल गरिन् ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने बिद्यार्थीहरुलाई मनकामना युवा क्लवका अध्यक्ष माधव शर्मा, निर्णयक मण्डलका संयोजक भोजराज गौतमलगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरे । प्रतियोगिताका अवसरमा बोल्दै ज्ञानोदय नमुना माध्यमिक बिद्यालय खजुराका प्रधानाध्यापक ऋषिराम सापकोटाले यस्ताखाले प्रतियोगिताले बिद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा उजागर हुने बताए ।

आयोजक मनकामना युवा क्लवका अध्यक्ष शर्माले गणतन्त्रलाई सस्थागत गर्न र बिद्यार्थीहरुको प्रतिभालाई उजागर गर्न बतृत्वकला प्रतियोगिता संचालन गरिएको बताए । उनले यस्ताखाले प्रतियोगिता गाउँपालिकाको शिक्षा शाखाले आयोजना गर्नुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  १० : १३ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित