२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

राष्ट्रिय राजमार्ग राम्रो नभएको भन्दै भाडा बढाउन यातायात व्यवसायीको माग



काठमाडौं । देशभरका सार्वजनिक यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गलाई तत्काल मर्मतसम्भार गर्न सरकारलाई आग्रह गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ति जारी गरी निर्माण ढिलासुस्तीका कारण राजमार्गमा घन्टौँ सवारी जाम हुन थालेकाले तत्काल मर्मतसम्भार गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।

“बर्सातको समय आउँदै गरेकाले विगतदेखि पुननिर्माणमा रहेका बुटवल-नारायणघाट सडकखण्ड, काठमाडौँ–पोखरा सडकखण्ड, पथलैया-ढल्केवर सडकखण्ड मर्मतलाई तीव्ररुपमा अगाडि बढाउन माग गर्दछौँ”, महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासङ्घले राष्ट्रिय राजमार्ग र सहायक राजमार्ग बिग्रिँदा मालवाहक र यात्रुवाहक सवारी साधनलाई प्रत्यक्ष असर पुग्नुका साथै आम यात्रुलाई गन्तव्यस्थलसम्म पु-याउन समस्या परेको जनाएको छ । बाटो राम्रो नहुँदा मोटर पार्टस, लुब्रिकेन्टस, टायर, मजदुर ज्याला, मर्मतसम्भार खर्च अत्यधिक भएकाले भाडा समायोजन गर्नसमेत महासङ्घले सरकारलाई आग्रह गरेको छ । तत्काल भाडा समायोजन र पुनःनिर्माणलाई तीव्र रुपमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ७ : ३२ बजे

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध

शक्तिपीठमा सराँय खेल्नेको भीड, बसाइँ सरेका पनि केही दिन थातथलोमा फर्किए

गुल्मी । बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका