२८ मंसिर २०८२, आइतबार | December 14, 2025

आइपिएलको फाइनल आज, कोलकोता र सनराइजर्स भिड्दै



काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनको आज फाइनल खेल हुदै छ ।

यस सिजनको फाइनलमा उपाधिका लागि कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्ने भएका छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

कोलकोता समुह चरणमा शिर्ष स्थानमा रहदै पहिलो क्वालिफायरमा सनराइजर्सलाई नै पराजित गरेर फाइनलमा पुगेको हो ।

कोलकोता नाइट राइडर्सले अहिलेसम्म २०१२ र २०१४ मा गरि दुई पटक आइपिएलको उपाधि जितेको छ । त्यस्तै कोलकोता २०२१ मा उपविजेता बनेको थियो ।

त्यस्तै सनराइजर्स अंक तालिकामा दोस्रो स्थानमा रहदै पहिलो क्वालिफायरमा कोलकोतासँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो । दोस्रो क्वालिफायरमा सनराइजर्सले राजस्थान रोयल्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

सनराइजर्स हैदरावादले अहिलेसम्म एक पटक २०१६ मा आइपिएलको उपाधि जितेको छ । २०१३ देखि आइपिएल खेलिरहेको सनराइजर्स २०१८ मा उपविजेता बनेको थियो ।

प्रमुख खेलाडी

कोलकोताका लागि यस सिजनमा सुनिल नारानले शानदार प्रदर्शन गरेका छन् । उनले यस सिजनमा ४८२ रन बनाएका छन् भने १६ विकेट समेत लिएका छन् । त्यस्तै कोलकोताका लागि आन्द्रे रसेलले २२२ रन बनाएका छन् भने १६ विकेट समेत लिएका छन् ।

कोलकोताका लागि यस सिजनमा वरुण चक्रवर्तीले पनि २० विकेट लिएर राम्रो योगदान दिएका छन् । त्यस्तै बलर हर्षित रानाले १७ विकेट लिएर कोलकोताको बलिङ बलियो बनाएका छन् भने रिंकु सिंह, कप्तान श्रेयस अय्यर, वेंकटेस अय्यरले मिडल अर्डरलाई बलियो बनाएका छन् ।

त्यस्तै सनराइजर्सका प्रमुख खेलाडीमा ओपनरद्वय ट्राभिस हेड र अभिषेक शर्माले यस सिजन शानदार शुरुवात दिएका छन् । हेडले यस सिजनमा ५६७ रन बनाएका छन् भने अभिषेक शर्माले ४८२ रन र २ विकेट लिएका छन् । त्यस्तै हेनरिक क्लासेनले पनि यस सिजनमा उत्कृष्ट ब्याटिंग गर्दै ४६३ रन बनाएका छन् ।

त्यसैगरी कप्तान पाट कमिन्सले अहिलेसम्म १७ विकेट लिएका छन् भने टी नटराजनले १९ विकेट लिएका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ९ : १० बजे

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%