८ पुस २०८१, सोमबार | December 23, 2024

कपिलबस्तुको पुरातात्विक अन्वेषण, संरक्षण र विकासका लागि बृहत गोष्ठिको प्रस्ताव



लुम्बिनी । प्राचिन कपिलबस्तुको पुरातात्विक क्षेत्रको अन्वेषण, उत्खनन संरक्षण तथा विकासका लागि बृहत गोष्ठि गर्नुपर्ने प्रस्ताव गरिएको छ । २५६८ औं बुद्धजयन्तीका दिन प्राचिन कपिलबस्तुको तिलौराकोटमा शुक्रबार आयोजित बुद्धजयन्ती तथा प्रसुती उत्सव समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले सबै सरोकारवालाहरुविच एकै ठाउँमा बसेर साझा धारणा र बुझाईका लागि बृहत गोष्ठिको प्रस्ताव गरेका हुन् ।

उपाध्यक्ष डा. लामाको प्रस्तावमा समारोहका प्रमुख अतिथि राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरेले समर्थन जनाउँदै अब सबै पक्ष बसेर कपिलबस्तुको पुरातात्विक अन्वेषण, संरक्षण र विकासका लागि साझा दृष्टिकोण बनाउनुपर्ने बताईन् । उनले लुम्बिनी विकास कोषले कपिलबस्तुलाई उपेक्षा गरेको गुनासो धेरै हुने तर यसको समस्याबारे एकै ठाउँमा बसेर छलफल गर्दा त्यसले परिणाम ल्याउन सहयोग गर्ने बताईन् । ‘मन्त्रीदेखि सांसदसम्मले गुनासो गरेका छौं, खासमा बुद्धको गृहनगर कपिलबस्तु ओझेलमा किन छ, यसबारेमा जनप्रतिनिधि, स्थानीयहरु सबै जागरुक बनौं’ उपाध्यक्ष घिमिरेले भनिन् ।

बुद्धजयन्तीको भोलिपल्ट लुम्बिनीबाट तिलौराकोटमा दरबार ल्याइएको शिशु बुद्धलाई स्वागतपछि लुम्बिनी विकास कोषको आयोजना तथा कपिलबस्तु नगरपालिकाको सहयोगमा तिलौराकोट दरबारमा प्रसुती उत्सवका रुपमा कार्यक्रम गरिएको थियो । कार्यक्रमलाई भव्य बनाउनका लागि कपिलबस्तुवासीले समेत बुद्धजयन्तीलाई महत्व दिनुपर्नेमा उपाध्यक्ष घिमिरेले जोड दिईन् ।

कोषका उपाध्यक्ष डा. लामाले नियुक्त भएदेखि नै बुद्धको गृहनगरलाई व्यवस्थित र एक करोड बढी बुद्धिष्टहरुलाई आमन्त्रण गर्ने गरी विकास गर्ने सोँच बनाएको समेत बताए । उनले पुरातात्विक स्थल भएकाले कतिपय संरचना बनाउन चाहेर पनि बनाउन नसकेको भन्दै आगामि दिनमा कसरी जाने भन्नका लागि बृहत रुपमा गोष्ठि गर्नुपर्ने बताए । उनले कपिलबस्तुबाट प्रतिनिधित्व गर्ने मन्त्री, सांसद, पूर्व सांसद, कपिलबस्तुका सम्पूर्ण स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक पार्टीका नेता, पुरातत्व विभाग र विज्ञहरु बसेर कपिलबस्तुलाई विकास गर्नका लागि सार्वजनिक सुनुवाई गर्न आवश्यक रहेको बताए । ‘अब गुनासो गर्ने मात्रै होईन, समस्या कहाँ छ, कस्ले बनाएको छ, त्यसलाई चिर्नका लागि सिंहदरबारमा दवाव दिनुपर्छ’ उनले भने । उनले आफूहरुले चाहेर मात्रै पुरातात्विक स्थलहरुमा चाहेर विकास गर्न नसकिने बताए ।

उनले तिलौराकोटलाई कोषले प्राथमिकतामा राखेर काम अघि बढाएको र केही वर्षमै अब तिलौराकोट विश्व समपदा सूचीमा सूचीकृत हुने बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री अर्जुनकुमार केसीले बुद्धको गृहनगरको विकासको गति निकै सुस्त भएको भन्दै कोषले ध्यान दिनुपर्ने बताए । उनले विदेशी विश्व विद्यालयको प्रयोगशाला मात्रै कपिलबस्तुलाई नबनाउन आग्रह गर्दै तिलौराकोटमा हुने उत्खननमा नेपाली विज्ञ टोली उत्पादन गरी अघि बढ्न सुझाव दिए ।

लुम्बिनी प्रदेश सभाका सांसद सुधाकर पाण्डेयले लुम्बिनीमा लुम्बिनीमा प्रधानमन्त्रीको उपस्थितीमा बुद्ध जयन्ती तामझामका साथ मनाइरहँदा तिलौराकोटमा सामान्य कार्यक्रम गरेर मनाइएको गुनासो पोखे । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेल, कोषका बोर्ड सदस्य नारद कोहार, परिषद सदस्य गोपिकृष्ण शर्मा, दामोदर सापकोटा लगायतले बोलेका थिए । यस्तै सोही अवसरमा माछापुच्छ्रे बैंकले कपिलबस्तु क्षेत्रको सरसफाईका लागि ‘ग्रास कटर’ मेशिन प्रदान गरेको छ । माछापुच्छ्रे बैंक लुम्बिनी शाखा प्रवन्धक बर्षा खनाल र तौलिहवा शाखा प्रमुख संघर्ष रेग्मीले कोषको तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधव प्रसाद आचार्यलाई हस्तान्तरण गरे ।

प्रसुती उत्सव कार्यक्रममा प्रदेशका सांसद गिरीधारीलाल न्यौपाने, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, बोर्ड सदस्य श्याम रोक्का, विभिन्न स्थानीय तहका वडाअध्यक्ष, पत्रकार, विज्ञ र स्थानीयहरुको उपस्थिती थियो । प्रत्येक वर्ष लुम्बिनीबाट मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको प्रतिकको रुपमा लुम्बिनीबाट शिशु बुद्व प्राचीन कपिलबस्तुको तिलौराकोट दरबार ल्याउने गरिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ८ : २९ बजे

बुटवलको औद्योगिक व्यापार मेलामा भाँगोको तेलमा दर्शकको आकर्षण

बुटवल । बुटवल मण्डपमा सञ्चालित औद्योगिक व्यापार मेलामा भाँगोको तेल

रवि लामिछानेको सांसद पद निलम्बन, हिरासत भित्रको फोटो सार्वजनिक गर्ने निकोलस रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सहकारी ठगी प्रकरणमा चन्द्रागिरीका वडा अध्यक्ष पक्राउ

काठमाडौं । सहकारी ठगी प्रकरणमा एक वडा अध्यक्ष पक्राउ परेका

परराष्ट्र मन्त्रालयबाट थाइल्याण्ड र म्यानमार यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौँ । नेपाल सरकारले म्यान्मार, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायतका मुलुकमा जान

जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धि चारदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

नेपालगन्ज । बर्दियाको मधुवन नगरपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन