२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

कार्यदलमा जुटेन सहमति



काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ ।शुक्रबार सिंहदरबारस्थित कानून मन्त्रालयमा बसेको बैठक निष्कर्षमा पुग्न नसकेको हो ।

कार्यदलका सदस्य महेश बर्तौलाले कांग्रेसले नयाँ प्रस्ताव ल्याएको बताउदै सहकारीको नाम मात्र उल्लेख गरेर छानबिन गर्नगरि प्रस्ताव आएको र आजै फेरी बैठक बसेर टुंगाउने बताए ।

यस अघि विहिबार बसेको कार्यदलको बैठक सकारात्मक भएको बताइए पनि निष्कर्षमा पुग्न भने सकेको थिएन । सत्ता पक्षले आज सहमति हुने दाबी गरेपनि कांग्रेसले भने आफुहरु आफ्नो मागमा अडिक रहेको प्रतिक्रिया दिएका छन् ।

कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका  प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।

कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठन नगरेसम्म संसदको कारवाही अगाडी बढाउन नदिने बताएपनि सरकारले आज बस्ने संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  १२ : २५ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको