३० चैत्र २०८१, शनिबार | April 12, 2025

मुद्धा किनारा नलागेसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बहिष्कार गर्ने



पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक बहिष्कार गर्ने बताएको छ ।

सभामुख कृष्ण धितालले शुक्रबार बजेटका सिद्धान्त र प्राथमिकता टेबुल गर्ने कार्यसूचीसहित बैठक बोलाएपछि कांग्रेसले सर्वोच्च अदालतमा रहेको मुद्धा किनारा नलागेसम्म बैठक बहिष्कार गर्ने बताएको हो ।

तर मुख्यमन्त्रीको विश्वासको मतमा असन्तुष्टि जनाउँदै कांग्रेसले सर्वोच्चमा दायर गरेको रिट हेर्दा हेर्दैमा रहेको छ ।

कांग्रेसले भनेको छ, ‘मुख्यमन्त्री खगराज अधिकारीलाई सर्वोच्चले काम चलाऊ बनाएकै अवस्थामा बैठक सभामुखले असंवैधानिक तवरबाट बहुमत प्राप्त गरेको भनी घोषणा गरेको प्रक्रियाविरूद्ध नेपाली कांग्रेस संसदीय दलको तर्फबाट सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । सो रिटको संम्बन्धमा निरन्तर सुनवाई भईरहेको र २०८१ जेठ १४ गते अन्तिम सुनुवाइको चरणमा रहेको सर्वविदितै छ । कामचलाउ सरकारले अदालतको आदेशको अवहेलना हुने गरी प्रदेश सभा बैठक आह्वान गरी आगामी बजेटका सन्दर्भमा पूर्व छलफल गराउने कार्य प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर असहमति रहेको छ ।’

कांग्रेसले अदालतको आदेश विपरीत कार्य गरेको गराईएमा नेपाली कांग्रेस संसदीय दललाई मान्य नहुने अवगत गराउँदै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं सरकार र आदेश उलङ्घन गर्ने पक्ष नै हुने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  २ : १३ बजे

एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी महिला विश्वकप एसिया

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले

चारदेशीय टी-२० सिरिज : फाइनलमा पुग्न आज हङकङको सामना गर्दै नेपाल

काठमाडौं । चारदेशीय टी-२० आई सिरिजको समूह चरणको अन्तिम खेलमा

आईपीएलमा धोनीको चेन्नइको पाँचौं हार, कलकता ८ विकेटले विजयी

काठमाडौं । महेन्द्र सिंह धोनी ६८३ दिनपछि कप्तानमा फर्किएको भए

पोखरामा आजदेखि फेवा महोत्सव सुरु हुँदै

कास्की । होटल सङ्घ पोखराले आजदेखि पोखरामा फेवा महोत्सव सञ्चालन