१५ असार २०८१, शनिबार | June 29, 2024

बाँकेका पत्रकारलाई चुनाव लाग्यो, २६ गते बाँके शाखाको निर्वाचन



नेपालगन्ज । नेपाल पत्रकार महासंघको बाँके शाखाको ३ वर्षे कार्यकालका लागि चुनावी सरगर्मी सुरु भएको छ । महासंघको बाँके शाखाले केन्द्रको निर्धारित कार्यक्रम अनुसार अधिवेशन र निर्वाचनको तयारी थालेसँगै चुनावी सरगर्मी सुरु भएको हो ।

नेपाल पत्रकार महासंघ, बाँके शाखाले जेठ २६ गते हुने निर्वाचनका लागि निर्वाचन समिति र १९ गते हुने साधारणसभामा वितरण गरिने पुरस्कार छनौटका लागि छुट्टा छुट्टै समिति गठन गरेको छ ।

शाखाका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा आज बसेको कार्य समितिको बैठकले खबरकराका प्रबन्ध सम्पादक शरण कर्माचार्यलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ भने निर्वाचन अधिकृतमा अधिवक्ता केशव कोइराला र पत्रकार दिपेन्द्र धिताललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

महासंघको १४ औं सभाधारण सभामा वितरण गरिने विभिन्न पुरस्कारको छनौटका लागि पत्रकार रुद्र सुवेदीलाई छनौट समितिको संयोजक बनाइएको छ । छनौट समितिको सदस्यमा डा. डक्ट धिताल र नविन गिरी रहेका छन् ।

सचिव कमल डाँगीका अनुसार, शाखाको अधिवेशन एवं १४ औं साधारण सभा जेठ १९ गते गरिदैछ । त्यसका लागि अध्यक्ष भण्डारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ११ : १६ बजे

‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पत्रकार रिसाललाई

काठमाडौं । रु एक लाख पुरस्कार राशीको ‘रोटरी लाइफ टाइम

देउवा र ओलीबीच बालकोटमा अर्थपूर्ण भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका

बर्दियामा चितुवा नियन्त्रणमा लिइयो

बर्दिया । बर्दियाको गुलरिया नगपालिका–१ स्थित शङ्कर बस्तीमा घरपालुवा जनावर

टी-२० विश्वकपको फाइनल : भारतले टस जितेर पहिला ब्याटिंग गर्दै

काठमाडौं । भारतले टी-२० विश्वकपको फाइनलमा टस जितेर पहिला ब्याटिंग

‘अनाथ बालबालिकालाई शिक्षित बनाउनु राष्ट्रका लागि महत्वपूर्ण योगदान’

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनाथ बालबालिकाको संरक्षण