२९ फाल्गुन २०८१, बिहिबार | March 13, 2025

इरानमा जुन २८ मा राष्ट्रपति निर्वाचन हुने



काठमाडौं । हेलिकप्टर दुर्घटनामा परी इरानी राष्ट्रपति इब्राहिम रायसीको दुखद निधन भएपछि देशमा तत्कालै राष्ट्रपतिको निर्वाचन हुने भएको छ । जुन २८ मा मुलुकमा तत्कालै राष्ट्रपतिको निर्वाचन हुने घोषणा गरिएको छ । तेहरानस्थित राष्ट्रपति कार्यालयमा भएको बैठकमा उक्त मिति तय गरिएको हो ।

बैठकमा इरानका कार्यकारी शाखा प्रमुख मोहम्मद मोख्बर, संसदका सभामुख मोहम्मद बगेर गालिबाफ र न्यायपालिका प्रमुख घोलाम-होसेन मोहसेनी-इजेई सहभागी थिए । पूर्वी अजरबैजान प्रान्तमा एक दुर्घटनामा राष्ट्रपति रायसीको दुखद मृत्यु पछि तीन दिग्गजहरू बीचको दोस्रो बैठक भएको थियो ।

राष्ट्रपति इब्राहिम रायसीलाई इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको उत्तराधिकारी पनि मानिन्थ्यो, त्यसैले उनको मृत्युलाई लिएर धेरै प्रश्नहरू उठिरहेका छन् । इरान सरकारबाट भने यसबारे खासै केही भनिएको छैन ।

इब्राहिम राईसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपराष्ट्रपति मोहम्मद मोख्बरलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले मोख्बरलाई अन्तरिम कार्यभार हस्तान्तरण गरेका छन् । खामेनीले संविधानको धारा १३१ बमोजिम मोख्बरलाई यो जिम्मेवारी दिइएको बताए । मोहम्मद मोख्बरले ५० दिनभित्र राष्ट्रपति चुनावको तयारीका लागि न्यायिक प्रमुखहरूसँग काम गर्नुपर्नेछ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ९ : ४९ बजे

बुटवल उद्योग वाणिज्य संघमा होली मिलन : सास्कृतिक एकता र सद्भावमा जोड

बुटवल । साँस्कृतिक विविधतामा एकताको खाँचो रहेको एक कार्यक्रमका सहभागीहरुले

रङहरुको पर्व फागुः भक्तपुरका नेवाः समुदायमा पृथक ढङ्गको फागु

भादगाउँ । रङहरुको पर्व फागु अर्थात् होली आज काठमाडौँ उपत्यकासहित

समुन्नत मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील बनौं : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

रेशम हराएपछि किम्बु बन्यो पशु आहारा, तीन लाख बिरुवा उत्पादन हुँदै

चितवन । व्यावसायिक रुपमा रेशमखेती गर्ने किसान नभएपछि यहाँ उत्पादन

‘सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ’

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले