८ बैशाख २०८२, सोमबार | April 21, 2025

प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणी पाण्डेले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच बिम्स्टेक मुलुकबीच हुने सहकार्यका विविध विषयमा छलफल भएको छ ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले बिम्स्टेकले क्षेत्रीय आर्थिक सहकार्यलाई बढवा दिँदै आएको उल्लेख गर्दै सदस्य राष्ट्रबीचको सहकार्यलाई थप प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिए । उनले यस क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरका विषयमा पनि छलफल चलाउनुपर्ने बताए ।

महासचिव पाण्डले बिम्स्टेक सदस्य मुलुकको हैसियतमा नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा नेपालको भूमिका अझै प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ८ : ११ बजे

संरक्षणको पर्खाइमा मुस्ताङको सेकुङ ताल

मुस्ताङ । यहाँको थासाङ गाउँपालिका-२ स्थित सेकुङ ताल संरक्षणको पर्खाइमा

ताप्लेजुङ बलेरो आगलागी : निधन भएका र घाइतेको पहिचान

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको

कालीकोटमा ट्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

काठमाडौं । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको

पाथीभरा दर्शनका लागि जाँदै गरेको जिपमा आगलागी, चारजनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका-१० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा

पाल्पामा जिप दुर्घटना हुँदा १८ वर्षिया युवतीको मृत्यु, १ जना घाइते

पाल्पा । पाल्पाको बगनासकालीमा भएको सवारी दुर्घटनाबाट एक किशोरीको मृत्यु