बुटवल । आज भन्दा ५७ वर्ष अगाडिसम्म गौतम बुद्ध लुम्बिनीमा जन्मेको चर्चा गरिएपनि लुम्बिनी कस्तो बन्ने र लुम्बिनीलाई कस्तो बनाउने भन्ने कुनै योजना बनाइएको थिएन । सामान्य सत्यकथाका रुपमा राज्यले बेलाबखत बुद्ध लुम्बिनीमा जन्मेको भन्दै कार्यक्रमहरु गर्ने गरेपनि लुम्बिनीको सामारिक महत्वलाई प्राथमिकतामा राखेर गुरु योजना बनाउने तर्फ तत्कालिन सरकारको ध्यान पुगेको थिएन ।
जव सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान्त लुम्बिनी भ्रमणमा आए, त्यसै बेलादेखि लुम्बिनीको महत्व र भविष्यका बारेमा बहस सुरु भएको थियो । राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान्तले लुम्बिनी भ्रमणसँगै लुम्बिनीको भविष्य र महत्वकोे विषय उठान भएको इतिहासमा भेट्न सकिन्छ । बर्माका नागरिक रहेका संयुक्त राष्टसङ्घका महासचिव उ थान्तले उनीसँगै आएका पत्रकारहरुको लुम्बिनी भ्रमणबारे जिज्ञासा मेटाउँदै लुम्बिनीको महत्व र विकास विश्वस्तरमा रहेको बताएका थिए ।
उ थान्त लुम्बिनी आउनु अघि जे परिकल्पना गरेर लुम्बिनी आएका थिए र उनले आउनु अघि लुम्बिनीबारे जुन रेखाचित्र कोरेका थिए, लुम्बिनीमा त्यस्ता कुनै पूर्वाधारहरु नभेटेको उनले पत्रकारहरु सामु खुलासा गरेका थिए ।
उजाड समथर भूमिमा मायादेवीको पुरानो मन्दिर, त्यससँगै खडा भएको अशोक स्तम्भ । त्यस बाहेक उराठलाग्ने खरको झाडीबाहेक लुम्बिनीमा न त हरियाली थियो, न कुनै ब्यवस्थित बाटाघाटा । राज्यले लुम्बिनीको मायादेवी मन्दिरसम्म बिजुली र पानीको समेत प्रबन्ध गर्न सकेको थिएन ।
उजाड समथर भूमिमा मायादेवीको पुरानो मन्दिर, त्यससँगै खडा भएको अशोक स्तम्भ । त्यस बाहेक उराठलाग्ने खरको झाडीबाहेक लुम्बिनीमा न त हरियाली थियो, न कुनै ब्यवस्थित बाटाघाटा । राज्यले लुम्बिनीको मायादेवी मन्दिरसम्म बिजुली र पानीको समेत प्रबन्ध गर्न सकेको थिएन । मन्दिर वरपर स्थानीयको खेतीपाती । संसारभरका बौद्ध अनुयायीहरुलाई आकर्षण दिने कुनै पूर्वाधार नदेखेपछि महासचिव उ थान्तले विश्वकै बौद्धमार्गीहरुको आस्थाको केन्द्र रहेको लुम्बिनीमा केही गर्नुपर्ने आवश्यकता देखे र भ्रमणसँगै लुम्बिनीका बारेमा केही योजना बनाउने अठोट लिएर फर्के ।
ऊ थान्तको यही आगमनलाई नै लुम्बिनीको हालको गुरुयोजनाको जननी मान्ने गरिएको छ । लुम्बिनीबाट काठमाडौं फर्केर बर्मा फर्किनु अघि उनले नेपाल सरकारसमक्ष ‘लुम्बिनी गुरुयोजना’ बनाएर अघि बढ्न प्रस्ताव गरे । लुम्बिनीको पवित्रताबाट गहिरो प्रभावित भएर महासचिवले तत्कालीन राजा महेन्द्रसँग यस विषयमा छलफल गरी लुम्बिनीलाई अन्तर्राष्ट्रिय तीर्थस्थल र पर्यटकीय केन्द्रका रूपमा विकास गर्न नेपाल सरकारलाई सुझाव दिएका थिए । उनको प्रस्ताव नेपाल सरकारले स्वीकार गरेसँगै सन् १९७२ मा जापानी वास्तुविद् प्राध्यापक केन्जो टाङ्गेलाई लुम्बिनी गुरुयोजना बनाउने जिम्मा दिइएको थियो । तत्कालिन अवस्थामा संसारमै प्रख्यात वास्तुविद्को रुपमा चर्चामा रहेका टाङ्गेले सन् १९७८ मा सरकारलाई आधुनिक लुम्बिनीको गुरुयोजना हस्तान्तरण गरेका थिए । उनीले बनाएको गुरुयोजना स्वीकृत गर्दै नेपाल सरकारले योजनाबद्ध लुम्बिनी विकास आरम्भ सुरु गरेको हो ।
सरकारले गुरुयोजना स्वीकृत गरेदेखि नै लुम्बिनी परियोजनालाई राष्ट्रिय गौरवका परियोजना बनाउँदै आएको छ । सन् १९७८ मा सुरु लागत ५५ मिलियन अमेरिकी डलर रहेको यो परियोजना सन् १९९५ मा सम्पन्न हुने लक्ष्य राखिएको थियो । गौरवको योजनामा सरकारको उदासिनता र लुम्बिनीमाथि सरकारको नेतृत्व फेरिएसँगै फेरिने दृष्टिकोणका कारण लक्षित समयसीमा भित्र सक्नु त परैको कुरा अहिले पनि गुरुयोजना कहिले सम्पन्न हुन्छ भन्ने प्रश्नको उत्तर अनुत्तरित रहेको छ ।
यसरी बन्यो लुम्बिनी बिकास कोष :
लुम्बिनी गुरुयोजना तयार भएपछि कार्यान्वयनका लागि भन्दै सर्वप्रथम सन् १९७८ मा विकास समिति गठन ऐन २०१३ बमोजिम लुम्बिनी विकास समिति गठन गरिएको थियो ।
विकास कोषको अवधारणा भने विक्रम संवत् २०४२ (सन् १९८५) मा मात्र तयार भएको थियो । तत्कालिन पञ्चायती सरकारले विक्रम संवत् २०४२ (सन् १९८५) मा मात्र लुम्बिनी बिकास कोष ऐन प्रतिपादन गर्दै लुम्बिनी विकास कोषको गठन गरेको थियो ।
विकास कोषको अवधारणा भने विक्रम संवत् २०४२ (सन् १९८५) मा मात्र तयार भएको थियो । तत्कालिन पञ्चायती सरकारले विक्रम संवत् २०४२ (सन् १९८५) मा मात्र लुम्बिनी बिकास कोष ऐन प्रतिपादन गर्दै लुम्बिनी विकास कोषको गठन गरेको थियो । कोषलाई लुम्बिनी गुरुयोजनाको कार्यान्वयन र वृहत्तर लुम्बिनी क्षेत्र नवलपरासीका रामग्रामदेखि बुद्ध भगवानको जन्मस्थल लुम्बिनी र प्राचीन कपिलवस्तु शाक्यमुनी सिद्धार्थ गौतमबुद्धको गृहनगर तथा क्रकुछन्द, कनकमुनी लगायतका पूर्वबुद्धको भूमि समग्र बुद्धको भूमिको विकास, धार्मिक, ऐतिहासिक, पुरातात्विक अध्ययन, उत्खनन, संरक्षण, वैज्ञानिक विधिको अध्ययनका माध्यमबाट थप पुष्टि, प्रमाणीकरण आदि कार्य गर्ने जिम्मेवारी तोकिएको थियो, जुन अहिले सम्म सोही उद्देश्य प्राप्तीमा कोषबाट कार्य सम्पादन हुँदै आएको छ ।
लुम्बिनी गुरुयोजनामा उत्तर दक्षिण तीन वर्गमाइल र पूर्व–पश्चिममा १ वर्ग माइल (७ सय ७७ हेक्टर ) क्षेत्रमा फैलिएको छ । जसमा उत्तरबाट मध्यभागमा एक वर्ग माइलको तीन खण्डलाई क्रमशः पुरातात्विक क्षेत्र पवित्र उद्यान, अन्तर्राष्टिय बौद्ध बिहार क्षेत्र र नयाँ लुम्बिनी गाउँसमेत गरी मुख्यतया ३ क्षेत्रमा विभाजन गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।
२ वर्ष अगाडि ८५ प्रतिशत गुरु योजनाको कार्य सम्पन्न भएको घोषणा गरेको कोषले त्यति नै बेला २ वर्षमा सम्पन्न गर्ने लक्ष्य सार्वजनिक गरेपनि बजेटको अभावमा केही झिनामसिना काम बाहेको प्रगति हुन नसकेको कोषका अधिकारीहरु बताउँछन् । २ वर्ष अगाडि नै गुरु योजना अन्तर्गतका ६ वटा भवन, फोहर ब्यवस्थापन, नदी डाइभर्सन बाहेकका काम सम्पन्न भएको भनिएपनि धेरै योजनाहरु बहुवर्षिय ठेक्का लागि सकेकाले निर्माणाधिन रहेको विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानीन राईले बताए । बजेट सुनिश्चितताको अभावमा यस अघि अलपत्र परेका योजनाहरु कोषको उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त भएपछि सुचारु हुने चरणमा रहेको उनले बताए । यस अघिको नेतृत्वले योजना कार्यान्वयनमा गरेको लापरवाहीलाई नयाँ उपाध्यक्षबाट सुधार गर्ने काम भइरहेको जनाउँदै राईले बुद्ध जयन्ती मनाउने बजेट समेत नभएको अवस्थामा उपाध्यक्ष लामा कै पहलमा बुद्ध जयन्ती बनाउने बजेट बिनियोजन भएको जानकारी गराए । ‘उपाध्यक्ष ज्यूले गुरु योजना सम्पन्न गर्ने तर्फ उत्साहजनक सक्रियता देखाउनु भएको छ,’ उनले भने, ‘बजेटको सुनिश्चितता भए १ वर्षमा गुरुयोजनाको काम सम्पन्नको दिशामा जान्छ ।’ उपाध्यक्ष लामाको निरन्तर सक्रियता र पहँचबाट आगामी वर्ष पर्याप्त बजेटको सुनिश्चिता प्राप्त हुने आशा पलाएको राईको भनाई छ ।
गुरुयोजना तयार हुँदा ५५ मिलिनियन अमेरिकी डलरमा सम्पन्न हुने अनुमान गरिएपनि त्यसको लागतलाई गुरुयोजना बनेको ४६ वर्षमा पुग्दा सम्म पनि पुनः मुल्याङ्क गरिएको छैन ।
गुरुयोजना तयार हुँदा ५५ मिलिनियन अमेरिकी डलरमा सम्पन्न हुने अनुमान गरिएपनि त्यसको लागतलाई गुरुयोजना बनेको ४६ वर्षमा पुग्दा सम्म पनि पुनः मुल्याङ्क गरिएको छैन । समयानुसार रि-मुल्याङ्कन गनुपर्ने काम बाँकी रहेको विकास कोषकी योजना प्रमुख स्मिता भट्टले बताइन् । सरकारले सुनिश्चित गरेर विनियोजन गरेको बजेटका आधारमा ८५ प्रतिशत काम सम्पन्न भएको भनिएपनि समग्र गुरुयोजनाको ४० देखि ५० प्रतिशत मात्र काम सम्पन्न भएको उनले बताइन् । ‘तिलौराकोट, रामग्राम सहितका गुरुयोजनको कामलाई जोड्दा ४० देखि ५० प्रतिशत मात्र योजना सम्पन्न भएको देखिन्छ ।’ उनले भनिन् ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा लामाले गुरुयोजना बनेको ४६ वर्ष सम्म पनि सम्पन्न हुन नसक्नु संसारभरिका बौद्धमार्गीहरुका लागि लज्जाको विषय भएको बताएका छन् ।
उता लुम्बिनी विकास कोषका उपाध्यक्ष डा लामाले गुरुयोजना बनेको ४६ वर्ष सम्म पनि सम्पन्न हुन नसक्नु संसारभरिका बौद्धमार्गीहरुका लागि लज्जाको विषय भएको बताएका छन् । खबरकुरासँग कुरा गर्दै डा लामाले राज्यले बजेट सुनिश्तिता गर्न गरेको बिलम्ब र विनियोजित बजेटको कार्यान्वयनमा पनि भएको बिलम्बका कारण गुरु योजना सम्पन्न हुन नसकेको बताए । बजेट बिनियोजन भएर ठेक्का लागेको काममा पनि ढिलासुस्तीका कारण अस्तब्यस्त जस्तो देखिएको बताउँदै उनले आफुले ठेकेदार कम्पनी र सम्बन्धित सरोकारवालालाई बिशेष आग्रह गरेर काममा तिब्रता दिन सकेको बताए । ‘म आउँदा गुरुयोजना अन्तर्गतका ठेक्का लागेका कामहरुको १०-१२ प्रतिशत काम भएकोमा ठेकेदारका कर्मचारी, ईन्जिनीयर र सरकारी कर्मचारीलाई हार गुहार गरेर ८०-९० प्रतिशत सम्पन्न गराउन सकेको छु,’ उनले भने, ‘सरसफाई र डुबानलाई बिशेष ध्यान पु¥याईएको छ ।’
उनले आफु आएपछि आन्तरिक आम्दानीमा उल्लेख्य बृद्धि गरेको जनाउँदै गुरुयोजनामा बिनियोजित सरकारी बजेट बिना करोडौंको काम गर्न सकिएको बताए । अशोक स्तम्भ नजिकबाट दिप प्रज्वलन क्षेत्र सारिएको, ७ पटक भन्दा बढी अन्तरराष्ट्रिय स्तरको पाठ परायण र पूजा सम्पन्न गरिएको, राष्ट्रसंघका महासचिवका आगमनबाट संसारभरीका धार्मिक पर्यटकको ध्यान लुम्बिनीमा खिच्न सकिएको र पछिल्लो समय आन्तरिक पर्यटकबाटै करोडौंको आम्दानी गरेर सरकारी बजेट खर्च नगरि लुम्बिनी परिषरमा भौतिक निर्माण गर्न सकिएको उनले बताए । ‘देश भित्र र देश बाहिर रहेका साथीभाईलाई सहयोग मागेर पनि धेरै काम गर्न सकिँदो रहेछ,’ उनले भने, ‘संसारभरका दातृ निकायबाट पनि सहयोगको आश्वासन पाएको छु, छिट्टै त्यसले मुर्तरुप लिनेछ ।’
समयमा गुरुयोजना सम्पन्न हुन नसक्नु लज्जाको विषय भएको बताउँदै उपाध्यक्ष डा. लामाले ७-८ अर्वको बजेटमा ३ देखि ४ वर्षमा गुरुयोजना अन्तर्गतका सबै काम सक्ने गरि योजना बनाईएको जानकारी दिए । फोहर व्यवस्थापन र नदी डाइभर्सनको ठेक्काको प्रक्रियामा गइसकेको जनाउँद्रै उनले ५ वटा भवन र पूर्ववत बनेका तर गुरुयोजनाको मापदण्ड नपुगेका केही योजनाका कामहरु गर्न बाँकी रहेको जानकारी पनि दिए ।
गुरुयोजना क्षेत्रभित्र शुद्ध पानी वितरणको निम्ति ११ लाख लिटर क्षमताको भूमिगत तथा तीन लाख लिटर क्षमताको दुई वटा विशेष डिजाइन भएको पानी ट्याङ्की तथा करिब २५ किलोमिटर क्षेत्रमा डिआई पाइपसहितको पानी वितरण प्रणाली सम्पन्न भएको कोषले जनाएको छ ।
अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलबाट लुम्बिनीलगायत भगवान बुद्धसँग सम्बन्धित क्षेत्रमा आवतजावत गर्नका निमित्त पाँच वटा विद्युतीय बस, १४ वटा विद्युतीय ट्याक्सी लुम्बिनीमा आएपनि कानुनी उल्झनका कारण संचालन हुन सकेका छैनन् । लुम्बिनीमा तीन सय ५० किलोवाट क्षमताको सोलार पावरप्लान्ट जडान भएको छ । यस्तै पाँच हजारजना अटाउने अन्तर्राष्ट्रिय बुद्धिष्ट सम्मेलन तथा ध्यान केन्द्र पनि निर्माण भएको छ ।
यस्ता छन् गुरु योजनाका आधार स्तम्भ :
पवित्र उद्यान
पवित्र उद्येयान (सेक्रेड गार्डन) गुरु योजनाको केन्द्रबिन्दु हो । यसले भगवान शाक्यमुनि बुद्धको पवित्र जन्मस्थान प्रतिनिधित्व गर्दछ। यस क्षेत्रमा अवस्थित ऐतिहासिक स्मारकहरू र उच्च पुरातात्विक, धार्मिक र आध्यात्मिक मूल्यका वस्तुहरूमा मायादेवी मन्दिर, अशोक स्तम्भ, मार्कर स्टोन, जन्म मूर्तिकला, पवित्र पोखरी (पुस्करिनी), र बौद्ध विहार र स्तूपहरू सहित धेरै संरचनात्मक भग्नावशेषहरू समावेश छन्। सेक्रेड गार्डन परिदृश्य गोलाकार पोखरी र गोलाकार लेभीले घेरिएको छ, जसले ब्रह्माण्डको रहस्यमय प्रतीक मण्डलाको शुद्धता र सरलताको प्रतीक हो।
सन् २०१३-१४ सम्मका युनेस्को जेएफआइटी परियोजनाले पुरातात्विक उत्खनन्, अध्ययनले वैज्ञानिक रुपमा नै शाक्यमुनीबुद्धको जन्मस्थल लुम्बिनीको प्रमाणीकरण भइसकेको छ ।
बौद्ध बिहार क्षेत्र (मठ क्षेत्र)
गुरुयोजनाको बिचमा १ वर्ग माइलको क्षेत्रफल रहेको मोनास्टिक जोनलाई १.६ किलोमिटर लामो पैदल यात्रु पदयात्रा र बीचमा एउटा नहरद्वारा दुई जोनमा विभाजन गरिएको छ।
क) पूर्वी मठ क्षेत्रले बौद्ध धर्मको थेरवाद (हिनायन) विद्यालयलाई प्रतिनिधित्व गर्दछ जहाँ विहार निर्माणको लागि १३ भूखण्डहरू निर्धारण गरिएको छ।
ख) पश्चिम मोनास्टिक जोनमा २९ प्लटहरू छन्, प्रत्येक महायान गुम्बाहरू निर्माणका लागि निर्धारण गरिएको छ। हाल यस क्षेत्रमा तीनवटा ध्यान केन्द्रहरू सञ्चालनमा छन्। विहार क्षेत्रमा खडा रहेको बेबी बुद्धको मूर्ति, केन्द्रीय नहर र त्यसमा रहेको डुङ्गाको सुविधा, इटरनल पिस फ्लेम, द पिस बेल आदि पर्यटकको चासोको विषय हो ।
सांस्कृतिक केन्द्र र नयाँ लुम्बिनी गाउँ
सांस्कृतिक केन्द्र र नयाँ लुम्बिनी गाउँले ‘सांसारिक’ गतिविधिहरूको प्रतिनिधित्व गर्दछ र तीर्थयात्री र आगन्तुकहरूको लागि जानकारी, आवास र उपयोगिता सुविधाहरू प्रदान गर्दछ। होटल, आगन्तुक सूचना केन्द्र, लुम्बिनी संग्रहालय, लुम्बिनी अन्तर्राष्ट्रिय अनुसन्धान संस्थान, प्रशासनिक परिसर आदि यहाँ अवस्थित छन्। नयाँ लुम्बिनी गाउँमा पर्यटकहरूको चासोका अन्य महत्त्वपूर्ण साइटहरूमा जापानको विश्व शान्ति प्यागोडा र लुम्बिनी क्रेन अभयारण्य समावेश छ।
प्रतिक्रिया