२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ



काठमाडौं । कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । नव नियुक्त मन्त्रीहरुलाई प्रदेशप्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद्को विस्तार गरेका हुन् । मुख्यमन्त्री कार्कीले एमालेका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री तथा माओवादीका दुई जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले एमालेका राम रानालाई अर्थ, पञ्चकर्ण राईलाई सामाजिक विकास, लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला र एकराज कार्कीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने तथा सिर्जना राईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

त्यस्तै माओवादीका गणेश उप्रेतीलाई भौतिक योजना, नारायण बुर्जामगरलाई पर्यटन  र राजेन्द्र कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने बन्दना झाँगडलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ६ : ४१ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको