२५ चैत्र २०८१, सोमबार | April 8, 2025

एक हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री कार्की



मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार गर्ने बताएका छन् ।

प्रदेशसभामा आज विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरुको जिज्ञासामा जवाफ दिनुहुँदै हाललाई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सहितको सरकार विस्तार गर्ने जानकारी दिए।

मुख्यमन्त्री कार्कीले जनता समाजवादी पार्टी नेपाल विभाजनपछि सनाखत हुन केही दिन लाग्ने तथा नेकपा (एकीकृत समाजवादी) सरकारलाई समर्थन दिने तर प्रतिपक्षमा बस्ने भएकाले आगामी दिनमा छलफल गरी सरकारमा सहभागी हुने विश्वास व्यक्त गरे।

अहिले प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या वृद्धि नगर्ने उनले जानकारी दिए । उनले यस माओवादीसँग समझदारी भएको प्रष्ट पारे । विश्वासको मत लिने बैठकमा नेपाली कांग्रेस अनुपस्थित हुनु संसदीय अभ्यासको क्रममा चुकेको उनको प्रतिक्रिया छ । कांग्रेसले कार्य व्यवस्था समितिको बैठकमा आजको बैठक सार्ने विषयमा कुनै जानकारी नदिएको उनले प्रष्ट पारे।

मुख्यमन्त्री कार्कीले भने, “एमालेले संविधान, संसदीय अभ्यास, ऐन, नियम कानुनको पालना गरी सरकार निर्माण गरेको छ, सरकार अल्पमतको होइन बहुमतको हुन्छ ।”

उनले कुनै पनि सरकारले सदनको विश्वास गुमाएपछि विश्वासको मत लिनु पर्ने, अन्यथा राजीनामा दिई अर्को सरकार निर्माणलाई स्विकार्नुपर्ने बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ८ : २१ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग