११ आश्विन २०८१, शुक्रबार | September 28, 2024

प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको पुरुषतर्फ सेनाका रावत विजयी



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रथम ज्ञान कर्णाली हाफ म्याराथन प्रतियोगिताको पुरुष तर्फको उपाधि नेपाली सेनाले लिन सफल भएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्सँगको आर्थिक सहयोग साझेदारीमा भएको प्रथम ज्ञान कर्णाली हाफ म्याराथन प्रतियोगिताको २१.०९७५ किलोमिटर दुरी एक घण्टा ११ मिनेट २५ सेकेन्डमा दुरी पार गरी नेपाली सेनाका नरेन्द्र रावत प्रथम भएका छन् ।

प्रथम ज्ञान कर्णाली हाफ म्याराथनका उपाधि विजेता रावललाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रमाणपत्रसहित पुरस्कार वितरण गरेका छन् । यसैगरी नेपाली सेनाका रामजी बस्नेतले एक घण्टा ११ मिनेट ४८ सेकेन्डमा निश्चित दुरी पार गरी दोस्रो पुरस्कार जिते । प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिताको तेस्रो स्थानमा श्रीकेश राईले एक घण्टा १३ मिनेटमा दुरी पार गरेका छन् । प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिताको २१.०९७५ किमी दौडको महिलातर्फ पुष्पा भण्डारीले एक घण्टा २८ मिनेट १७ सेकेन्डमा दुरी पार गरी प्रथम उपाधि जितिन् । सृथना पाण्डे दोस्रो र राज्यलक्ष्मी रावल तेस्रो भए ।

यसैगरी शनिबार बिहान कर्णाली दौडिन्छ भन्ने नाराका साथ भएको पाँच किलोमिटर म्याराथन प्रतियोगिताको पुरुषतर्फ अजय विक प्रथम, रमेश बुढा दोस्रो र तेस्रो बने। यसैगरी पाँच किलोमिटर महिलातर्फ बिमला कार्कीले प्रथम भएर उपाधि जितिन् भने पूर्णिमा बुढाक्षेत्रीले दोस्रो र लक्ष्मी शाहीले तेस्रो स्थान लिएकी छिन् । हाफ म्याराथनमा पुरुष ४५ वर्षमाथि उमेर समूहमा धर्म महर्जन विजयी भए । उनले एक घण्टा २८ मिनेटमा दुरी पार गरी उपाधि लिएका छन् ।

यसैगरी रेवन्त दहाल दोस्रो उपाधि लिन सफल भएका छन् । ५ किलोमिटर स्कुलस्तरीय छात्र एवम् छात्रा दौडातर्फ ७५९ जना र कर्पोरेटतर्फ ३९ जना धावकहरु सहभागी भएको आयोजकले जानकारी दिएका छन् ।

म्याराथनको विजेताले महिला तथा पुरुषलाई समान ५५ हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै हाफ म्याराथनमा पुरुष ४५ वर्षमाथि उमेर समूहका शीर्ष तीन धावकलाई क्रमश १५ हजार, १० हजार र ५ हजार पुरस्कार दिइने छ भने विद्यालय तहका छात्र एवं छात्रातर्फ शीर्ष तीनलाई १० हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार वितरण गरिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १ : ०३ बजे

अबिरल वर्षासंगै आएको पहिरोको बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । अबिरल वर्षासंगै आएको पहिरोको सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-पाल्पा

लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनिया भाषा टेष्ट सेन्टर , मुख्यमन्त्रीद्धारा उद्घाटन

लुम्बिनी । लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनिया भाषा प्रशिक्षण तथा

श्रीलंकन पूर्व राष्ट्रपति गोटावायलाई लुम्बिनीमा स्वागत

लुम्बिनी । श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले

एमाले नेतृ बराल भन्छिन्- प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो, कानुनी निष्कर्षको प्रतिक्षामा छु

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर

मौसम प्रतिकूल भएपछि भोलि बिहानसम्मका सबै आन्तरिक उडान स्थगित

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसममा आएको खराबीका