२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

कोशीको प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले पठाए पुन: पत्र



विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश प्रमुखलाई प्रदेशसभा बैठक सञ्चालन पुनः स्मरण गराएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्कको बैठकले प्रि–बजेटबारे छलफल गर्न प्रदेशको बजेट अधिवेशन आह्वान गर्न यसअघि नै सिफारिस पुनः स्मरण गराउने निर्णय गरको हो ।

कोशी सरकारले जेठ ११ गते प्रदेश सभाको अधिवेशन आह्वान गर्न गत चैत २६ गते सिफारिस गरेको थियो ।

तर, एमाले–माओवादीका ५२ सांसदको मागअनुसार वैसाख ६ गते प्रदेश प्रमुख पर्शुराम खापुङले विशेष अधिवेशन आह्वान गरेका थिए । सो बैठकले संकल्प प्रस्ताव पारित गरी सरकार अल्पमतमा परिसकेको जनाउ दिदै विश्वासको मत लिन भनेको थियो ।

तर मुख्यमन्त्री केदार कार्कीले भने संकल्प प्रस्ताव संबिधान विपरित भएको भन्दै विश्वासको मत लिन अस्वीकार गरेका छन् । संकल्प प्रस्ताव पारित भएपछि विश्वासको मत लिने समय मंगलबार सकिएको छ ।

सरकारले सिफारिस गरे पनि प्रदेश प्रमुख खापुङले बजेट अधिवेशन अहिलेसम्म आह्वान गरेका छैनन् । अर्को तर्फ एमाले–माओवादीले प्रदेश प्रमुखलाई सरकार गठनको नयाँ प्रक्रिया थाल्न आग्रह गरेका छन् र प्रदेश प्रमुखले सोहि अनुसार कानुनी परामर्श गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १ : ५७ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको