काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि. ले आफ्नो कन्फेक्सनरी ब्राण्ड Toffichoo अन्तर्गत नयाँ टफी “Tadka Imli, “Taste को नयाँ blast” को नारा सहित बजारमा सार्वजनिक गरेको छ ।
Tadka Imli मा इमलीको चटकिलो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको छ ।
Toffichoo Tadka Imliको विक्री मूल्य ५ रुपैयाँ प्रति २ गोटा कायम गरिएको छ । यसको नौलो स्वादले ग्राहकहरुको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको छ ।
Toffichoo Tadka आँप र लिचीको स्वादमा उपलब्ध हुँदै आएको छ र इमलीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ । Toffichoo Tadka Imli नेपालभरिका रिटेल पसलहरुमा उपलब्ध छन् ।
Mint-O Fresh तथा Toffichoo का विभिन्न उत्पादनहरु नेपाली बजारमा आफ्नो उपस्थिति जनाई ग्राहकहरुको मन जित्न सफल भइरहेका छन् र हाल ”Toffichoo” अन्तर्गत विभिन्न ब्राण्डहरु जस्तै ”Tadka Kaccha Mango” , ”Tadka Litchi” र “Eclairs” पनि बजारमा सर्बत्र उपलब्ध छन् ।
प्रतिक्रिया