२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

सुदुरपश्चिमका मुख्यमन्त्री सोडारीले वैशाख २१ गते विश्वासको मत लिने



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बिहान बसेको सत्तारुढ गठबन्धनका दलहरुको बैठकमा २१ गते शुक्रबार विश्वासको मत लिने सहमति भएको हो । बैठकले नागरिक उन्मुक्ति पार्टीलाई थप एक मन्त्रालय दिने सहमति पनि गरेको छ । अब नाउपाबाट मन्त्री बन्न ठिक्क परेकी टीका थापाले कृषि तथा सहकारी मन्त्रालय पाउनेछिन् । यसअघि विना विभागीय मन्त्री बनाउन खोजेपछि उनले अस्वीकार गरेकी थिइन ।

बैठकमा मुख्यमन्त्री सोडारी, एमालेको तर्फबाट प्रमुख सचेतक सुरेन्द्र पाल, माओवादी संसदीय दलका नेता मानबहादुर धामी, नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी र टीका थापा र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशी सहभागी थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ११ : ५० बजे

समान्य घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ

कबाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव

नेपालगन्ज । नेपालमा सङ्कलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी

ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

ताप्लेजुङ । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ

विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, शवलाई बोरामा हालेर खोला किनारमा गाडीयो

सिरहा । गोलबजार नगरपालिका-९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट