४ चैत्र २०८१, सोमबार | March 17, 2025

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको आवश्यकतालाई पहिचान गरेर १६औँ योजनाको लक्ष्य र कार्यक्रम निर्धारण गरिएको बताएका छन् ।

लगानी सम्मेलनको आज दोस्रो दिन आयोजित ‘हार्नेसिङ ग्रीन फाइनान्स फर सस्टेनेबल इन्भेस्टमेन्ट’ सत्रलाई सम्बोधन गर्दै उनले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा उत्तिकै प्राथमिकता दिइएको बताए ।

लगानीका विभिन्न सम्भाव्य क्षेत्रमध्ये ऊर्जा क्षेत्र सरकारको विशेष प्राथमिकतामा रहेको र सोहीअनुसारको कार्यक्रमसमेत तय गरिएको उनको कथन छ ।

लगानी विस्तार गर्नुपर्ने प्रमुख क्षेत्रका रुपमा कृषि रहेको र त्यसलाई आधुनिकीकरण गर्नु जरुरी रहेको उल्लेख गर्दै उनले आधुनिक खेती प्रणालीका लागि आवश्यक स्रोत र साधनको प्रबन्ध जरुरी रहेको बताए ।

वन क्षेत्रलाई बहुआयामिकरुपमा संरक्षण गर्ने र आर्थिकोपार्जनका लागि प्रयोग गर्ने सोचका साथ सरकारले कार्यक्रम तय गरेको जानकारी दिँदै उपाध्यक्ष डा श्रेष्ठले वनलाई समृद्धिको आधार बनाइएको तथ्य पेस गरे ।

लगानीको क्षेत्रको चर्चा गर्ने क्रममा उपाध्यक्ष श्रेष्ठले खानेपानी क्षेत्र पनि उल्लेख गरे । उनले नेपालको कञ्चन पानीमा लगानीका लागि विदेशी लगानीकर्तालाई आह्वान गरे । हिमनदीको पानी प्रशोधन गरेर बिक्री गर्न सकिने जानकारी दिँदै उनले पानी पनि निर्यातयोग्य वस्तुकारुपमा हो भन्दै चर्चा गरे ।

वातावरण संरक्षणका क्षेत्रमा नेपालले गरेको प्रगतिका आधारमा ग्रीन फाइनान्स तथा कार्बन न्यूनीकरणमा पु¥याएको योगदानबापत थप सहुलियत पाउनुपर्ने बताए । दिगो विकासका लागि नेपालले गरेको सार्थक प्रयासको लाभ नेपालले मात्रै प्राप्त गर्ने नभई संसारभरले नै उपभोग गर्न पाउने र समग्र पृथ्वीको हितका लागि नै हुने मर्मलाई आत्मसात गर्न पनि उपाध्यक्ष श्रेष्ठले आग्रह गरे ।

सो सत्रमा अर्थसचिव मधुकुमार मरासिनी, नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष आशीष गर्गलगायतले हरित अर्थतन्त्र र त्यसका आयामबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  २ : २५ बजे

विदेशमा ज्यान गुमाएका नेपालीको शव फिर्ता ल्याउन कूटनीतिक पहलको माग

काठमाडौं । विदेशमा कार्यरत नेपालीको जीउधनको सुरक्षाको प्रत्याभूति र त्यहाँ

सार्वजनिक ऋण व्यवस्थापन कार्यालय : आज १८ अर्बको ट्रेजरी बिल नवीकरण हुँदै

काठमाडौं। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चैत ४ गते आज सोमबारका

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको काठमाडौँमा उपलब्ध स्थायी कमिटी सदस्यहरूको

सुशासनका निम्ति भ्रष्टाचारीलाई संरक्षण गर्नुहुँदैन : जगप्रसाद शर्मा, राष्ट्रियसभा सदस्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य जगप्रसाद

काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक