२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी



काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।

भण्डारीले ११ हजार ६१२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका माओवादीका जनकबहादुर बुढाले ३ हजार ९६७ पाए ।

भण्डारी निर्वाचित भएसँगै सुदुरपश्चिम प्रदेशसभामा एमालेको एक सिट बढेको छ ।

यस प्रदेशसभामाा यसअघि नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए । उनको निधनपछि यही वैशाख १४ गते उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १ : ५१ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको