१ बैशाख २०८२, सोमबार | April 14, 2025

बुटवलमा “बा आमासंग नगरप्रमुख” कार्यक्रम, जेष्ठ नागरिक पनि खुसी, डाक्टर पनि खुसी



बुटवल । उपमहानगरमा “बा आमासंग नगरप्रमुख” कार्यक्रम संचालन भएपछि बुटवल उपमहानगरका जेष्ठ नागरिकहरुमा खुसीयाली छाएको छ । उपमहानगरले संचालन गरेको “बा आमासंग नगरप्रमुख” कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुँदै गएपछि उपमहानगरका जेष्ठ नागरिकमा खुसीयाली छाएको हो ।

स्थानीय सरकारले ज्येष्ठ नागरिक, अपाङ्गता, असहाय र अस्पतालमा आएर औषधि उपचार गर्न नसक्नेहरुका समस्यालाई दृष्टीगत गर्दै यसै आर्थिक वर्षबाट “बा आमासंग नगरप्रमुख” कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

२०८० माघ २३ गते बुटवल १२ तामनगर प्रगती टोलकी ११० वर्षीय ऐरावती बरईको स्वास्थ्य परीक्षण गरी “बा आमासंग नगरप्रमुख” कार्यक्रम शुरु गरिएको थियो । त्यसपछि क्रमसः बुटवलका सबै वडामा यो कार्यक्रम सम्पन्न हुँदै गएको छ ।

उपमहानगरले जेष्ठ नागरिकको लागि संचालन गरेको “बा आमासंग नगरप्रमुख” कार्यक्रमले उपमहानगर वास्तबिकरुपमा नगरबासीको अभिभावक बनेको जेष्ठ नागरिक मञ्च बुटवलका अध्यक्ष राधेश्याम राजभण्डारी बताउँछन् । उनले कार्यक्रमले जेष्ठ नागरिकमा उपमहानगर प्रति अपनत्व बढेको र उनीहरुले अभिभाकत्व प्राप्त गरेको महशुस गरेको बताए । ‘यो गज्जवको कार्यक्रम आयो, जेष्ठ नागरिकको आशिश जनप्रतिनिधिले पाएको छ,’ उनले भने, ‘नगरबासीको अभिभावक उपमहानगर हो भन्ने देखियो ।’

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले “बा आमासंग नगरप्रमुख” कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको घरदैलोमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम गरिएको बताए । बृद्ध हुँदै भएपछि देखिने समस्याहरु समाधान गर्ने प्रयास स्वरुप र स्थानीय सरकारको अपनत्व अन्तर्गत रहेर यो कार्यक्रम शुरु गरिएको उनले बताए ।

पाण्डेयका अनुसार स्वास्थ्य उपचार कार्यक्रमलाई प्रभावकारी बनाउन लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पातल, बुटवलका निजी अस्पताल र स्वास्थ्य केन्द्रसँग सहकार्य गरी यो कार्यक्रमलाई पिपिमोडेल अनुसार थप व्यवस्थित गर्दै लगिने उपमहानगरले योजना बनाएको छ ।

“घरदैलो स्वास्थ्य अभियानबाट धेरै अनुभवप्राप्त गरेका छौ, अब कस्ता कस्ता सुविधा दिन सकिन्छ भन्ने विषयमा नगरमा छलफल भैरहेको छ”, पाण्डेयले भने । वृद्ध भएका बा, आमा र स्वास्थ्य उपचारमा हिंड्डुल गर्न नसक्नेहरुका लागि गरिएको यो कार्यक्रमले सन्तुष्ट मिलेको बताउँदै आगामी दिनमा अझै प्रभावकारी ढंगबाट लाग्ने पाण्डेको भनाई छ । आगामी आर्थिक वर्षमा थप बजेट बिनियोजन गरेर स्वास्थ्य क्षेत्रलाई सहज, सरल र आम नागरिको पहुँचमा पुर्याउने गरी लाग्ने छौं”, उनले भने ।

“बा आमासंग नगरप्रमुख” स्वास्थ्य चेकजाँच कार्यक्रम पहिलो चरणको र पहिलो बर्ष को कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको पाण्डेले बताए । अब सम्भव भएसम्म बर्षमा ३ पटक चेकजाँच गर्ने र बिरामी भएर अशक्त भएकाहरुका लागि घरमै गएर चेकजाँच गर्ने अलि सामान्य हिंड्डुल गर्न सक्नेहरुका लागि आफ्नै वडामा पुगेर उपचार गर्न सक्ने वातावरण निर्माण गरिने उनले जानकारी दिए । उनले पिपिइ मोडेलमा संचालित हुने परियोजना भएकाले पनि आगामी दिनमा सरकारी, गैर सरकारी, फार्मेसी , ल्याब लगाएतका स्वास्थ सस्थाहरु संग सहकार्य गर्ने बताए । पहिलो चरणमा कार्यक्रम सम्पन्न गर्न साथ दिने विभिन्न स्वास्थ सस्था, डाक्टर, जनप्रतिनिधि, बुटवलवासी, पत्रकारलाई मेयर पाण्डेयले धन्यवाद व्यक्त गरे ।

“नगरप्रमुख भएर आइसकेपछि गरेका ३, ४ वटा कार्यक्रमबाट म अत्यन्तै खुसी छु ,र गर्नैपर्ने काम गरेको छु, भन्ने अनुभुति गरेको कार्यक्रम बा आमा संग नगरप्रमुख स्वास्थ चेकजाँच कार्यक्रम पनि हो”-उनले भने ।

“बा आमासंग नगरप्रमुख” कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा. नन्दु पाठक, स्त्री रोग विशेषज्ञ डा. राजेन्द्र बस्याल, फिजिसियन डा. हरि पन्थी, विशेषज्ञ चिकित्सकहरू, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण गरेको जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए ।

घरघरमै पुगेर जेष्ठ नागरिकलाई सेवा दिन पाउँदा आफुलाई गर्व अनुभूती भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा. नन्दुले बताए । आफुहरुले दुई प्रकारको समस्यामा रहेका जेष्ठ नागरिकहरुलाई सेवा दिएको जनाउँदै उनले एकथरी अस्पताल सम्म आउन नसक्ने अशक्त जेष्ठ नागरिक र अर्को थरी अस्पताल सम्मको पहुँच नभएका जेष्ठ नागरिकलाई सेवा दिन पाएको बताए । ‘आफु पनि भोलिका दिनमा बृद्ध बनिन्छ नै, सेवा दिँदा निकै खुसीको अनुभूती भयो,’ उनले भने, ‘घरमै डाक्टर निशुल्क औषधी पाउँदा खुसी भएका बा आमा देख्दा मन नै फुरुङ्ग भयो ।’ उनले “बा आमासंग नगरप्रमुख” कार्यक्रमलाई निरन्तरता दिन पनि सुझाव दिए ।

बुटवल ११ की ८५ वर्षिया भुमकला भण्डारीले आफुले कल्पनै नगरेको डाक्टरहरु चेकजाँच गर्न घर आएकोमा अचम्म लागेको बताइन् । उनले डाक्टर नन्दुको नाम बाहिर बाहिर सुनेपनि घरमै देख्दा निकै खुसी लागेको बताइन् । ‘डाक्टरहरु घरमै आए, जाँचेर औषधी पनि सित्तैमा दिएर गए ।’ उनले भनिन् ।

बृद्धबृद्धा एवम् जेष्ठ नागरिकहरुको जीवनयापनमा सहजता प्रदान गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिक र आपङ्गता व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान संचालन गरिएको जनस्वास्थ्य शाखाप्रमुख युवराज पाण्डेले बताए ।

परीक्षणको क्रममा स्वास्थ्य समस्या देखिएमा त्यसको पहिचान र समाधान गर्न उपचारको दयारामा ल्याएर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल तथा अन्य निजी अस्पतालसँग समन्वय समेत गर्ने गरिएको शाखाले जनाएको छ ।

अभियानमा रगतमा सबै खालका परीक्षण गर्न नसकेको खण्डमा परीक्षण गरिएको कार्ड सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा लिएर जादा निःशुल्क रगतजाँच, एक्सरे र भिडियो एक्सरे लगायताका चेकजाँच हुने उपमहानगरले ब्यवस्था गरेको छ । ६० वर्षमाथिका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वर्गको आधारमा सबैका लागि चालु आर्थिक वर्ष २०८०/०८१ का लागि पालिकाबाट ४ लाख वजेट विनियोजन गरिएको छ ।

साथै विशेषज्ञ चिकित्सकहरुमार्फत इसीजी र ल्याबसहितको मागको आधारमा आवश्यक मेसिनहरु लगेर पनि सेवा प्रदान गरिएको जनस्वास्थ्य शाखाप्रमुख पाण्डेले बताए ।

अभिलेख तथ्यांक अनुसार वडा नं. १ मा १ सय ७३, वडा न. २ मा १ सय २९, वडा नं, ३ मा १ सय ७६, वडा नंं, १२ मा १ सय ९, वडा नं.१३ मा १ सय ६ जनाले सेवा लिएका नगरले अभिलेख गरेको छ । पालिकाका १९ वटै वडाको तथ्यांक संकलनको काम भईरहेको भएपनि करिब २ हजार जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुले सेवा लिएको पाण्डेले जानकारी दिए ।

“यो कार्यक्रमलाई निरन्तरता दिन बुद्ध आमाबुवाले सुझाव दिनुभएको छ, यसैगरी स्वास्थ्य जाँच गर्न आउनुहोला भन्नुभएको छ । ” पाण्डेले बताए ।

जेष्ठ नागरिकहरुको स्वास्थ्य हेरचाहका लागि उपमहानगरले आगामी बर्षदेखि कार्यबिधि नै बनाएर निरन्तरता दिने गरी अगाडी बढ्ने उपमहानगर प्रमुख पाण्डेयले बताए ।

 

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ४ : ०७ बजे

पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु

धम्बोझी चोकमा आजबाट महाराजा रेष्टुरेन्टको पूर्ण सेवा संचालनमा

नेपालगन्ज । नयाँ वर्षको आगमनसँगै नेपालगन्जमा थप एक अत्याधुनिक रेष्टुरेन्ट

विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को

वर्ष २०८२ मा आशावादी छन् चलचित्रकर्मी

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष, २०८१ स्मरणयोग्य एवं