२० चैत्र २०८१, बुधबार | April 2, 2025

बुटवलको एक होटलमा बाबुले गरे छोरीको हत्या



बुटवल । बुटवलको एक होटलमा बाबुले छोरीको हत्या गरेको छन । बुटवलको ईटाभट्टी लाइनमा रहेको मालिका होटल एण्ड लजमा बुधबार साँझ १७ वर्षीया अन्जली जि.सी.लाई उनकै बाबु ४८ वर्षीय नारायणबहादुर जि.सी.ले रड प्रहार गरी हत्या गरेका हुन् ।

रुपन्देहीको कञ्चन गाउँपालिका-५ बर्गदवा बस्ने नारायण बहादुर जि.सी.ले रातको करिब ९ बजे होटलमा बस्दैगर्दा रडले हानेर छोरीको हत्या गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

घटनापछि उनलाई विहिबार दिउँसो कञ्चन ४, थकालीचोकबाट प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको पण्डितले जानकारी दिए । अञ्जली हरैया माध्यमिक विद्यालयको कक्षा ११ मा अध्यनरत थिईन ।

बाबु नारायणको प्रारम्भिक बयान अनुसार अञ्जली बुधबार दिउँसो साथीलाई भेट्न भनि घरबाट हिँडेकी थिइन् । छोरीलाई खोज्दै बुटवल आइपुगेका उनले घर जान आग्रह गर्दा नमानेपछि रिसको झोकमा रड प्रहार गर्दा मृत्यु हुन गएको बयान दिएका छन् । घटना बारे थप अनुसन्धान र बयान लिने काम भने अझै बाँकी रहेको प्रहरी नायव उपरीक्षक पण्डितले जानकारी दिए ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ८ : ४८ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावातबीच भेटवार्ता

बैङकक, २० चैत स् थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी

रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छ : राष्ट्रपति

काठमाडौ्र । राष्ट्रपति रामचन्द्र पौडेलले यसै वर्ष सार्वजनिक सेवा प्रसारण

सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा

प्रेस सेन्टर नेपाल : लोकतान्त्रिक अभ्यास, नयाँ नेतृत्व र आगामी कार्यदिशा

प्रेस सेन्टर नेपालको पाँचौं महाधिवेशन २०८१ चैत्र १६ र १७