२७ पुस २०८१, शनिबार | January 11, 2025

भोलि र पर्सि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं



काठमाडौं । सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदै छ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ ।

भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने तयारी गरिएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।

भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १० हजार स्वास्थ्यकर्मी खटाइदै छ ।  कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिका खोप पनि लगाइने छ ।

सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  २ : ३४ बजे

मध्यरातमा अध्यादेशको खेती

काठमाडौं । ओली मन्त्रिपरिषदको मध्यराती बसेको बैठकले धमाधम अध्यादेश ल्याउने

परिमार्जित श्रीस्वस्थानी व्रतकथा पुस्तक सार्वजनिक

काठमाडौं । पौष शुक्ल पूर्णिमा नजिकिएसँगै वैदिक सनातन हिन्दू धर्मावलम्बी

दुई पाङ्ग्रे सवारीसाधन चोरी नियन्त्रण तीव्र, हराएका मध्य ७६५ फेला परे

काठमाडौँ । हराएका मोटरसाइकल खोजी अभियानलाई तीव्र पारेको नेपाल प्रहरीले

दुम्कीबासमा पुल भाँचिएपछि तीनवटा वैकल्पिक रुटबाट आवागमन संचालन

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल

प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी मन्त्रालयका सुधारका काम