२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

१५ महिनामा चौथोपटक विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री यादव



काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत लिने भएपछि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।

मुख्यमन्त्री यादवले १५ महिनामा विश्वासको मत लिन लागेको चौथोपटक हो । केन्द्रमा समीकरण फेरिएपछि नेपाली कांग्रेस गत ५ चैतमा मधेश सरकारबाट बाहिरिँदा ९ चैतमा उसले समर्थन फिर्ता लिएको थियो ।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । १०७ सदस्यीय मधेश प्रदेशसभामा एमालेका सभामुखसहित २४, नेपाली कांग्रेसका २२, जसपाको १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९र९, एकीकृत समाजवादीका सात सांसद छन् ।

यस्तै, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टीका एकरएक र एक स्वतन्त्र सांसद छन् । मधेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ८ : ०९ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको