५ माघ २०८१, शनिबार | January 18, 2025

हङकङविरुद्ध नेपालले टस जित्यो, १८ ओभरको खेल हुने



काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित बनेपछि १८-१८ ओभरको हुने भएको छ ।

ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै हङकङले पहिला ब्याटिंग गर्ने भएको छ ।

समुह ए मा रहेको नेपालले यस अघिका दुवै खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा रहेको छ । नेपालले यस अघि मलेसिया र कतारलाई पराजित गरेको थियो । त्यस्तै हङकङले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ । हङकङले पहिलो खेलमा कतारलाई पराजित गरेको थियो भने दोस्रो खेलमा साउदी अरेबियासँग हार बेहोरेको थियो ।

नेपालको प्लेइङ-११: रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहोरा ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १२ : ५४ बजे

पर्यटन क्षेत्रको विकासका लागि १० वर्षे कार्ययोजना तयार हुँदै

धादिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पर्यटन

पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र

बाँके । नेपालगञ्ज-१ कि पूर्णिमा केसीलाई बर्दियाको च्यामाताल मनमोहक लाग्यो

१६ लाख किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइँदै

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख

आगामी स्थानीय निर्वाचनमा २५० पालिका जितेर माओवादी पहिलो पार्टी बन्छ : प्रचण्ड

मोरङ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय